आज : गते

ताजा शिर्षकहरु

२०७७ सालमा दिइने सरकारी बिदाको दिन सार्वजनिक

प्रकाशित
660
SHARES

काठमान्डाै । गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको दिन सार्वजनिक गरेको छ। २०७७ वैशाख १ गतेदेखि २०७७ साल चैत मसान्तसम्म एक वर्षमा सबै सरकारी कार्यालयहरुको लागि सार्वजनिक, पर्व, सट्टा बिदा निर्धारण गरेको छ।

सरकारले पर्व बिदानमा नयाँ वर्ष, फागूपूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, ईद, छठ, क्रिसमस डे, उधौलीलगायतका पर्व बिदा दिएको छ। त्यसैगरी महिला कर्मचारीको लागि तीज बिदा दिएको छ। भदौ ५ गते शुक्रबार तीज बिदा दिएको छ भने जितिया पर्वमा पनि महिला कर्मचारीहरुको लागि बिदा दिएको छ। वसन्त पञ्चमीमा शिक्षण संस्थालाई बिदा दिएको छ।

जात्रा बिदामा गाइजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रामा बिदा दिएको छ। त्यसैगरी दशैं बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म दिएको छ। तिहार बिदा कात्तिक २९ देखि मंसिर १ गतेसम्म दिएको छ।

याेपनि  कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३७ हजार नाघेको छ। मंगलबार बिहान सम्म ३७ हजार ६ सय ३८ जनाले ज्यान गुमाएका छन्। विश्वभर संक्रमितको संख्या ७ लाख ८४ हजार, ३ सय १४ पुगेको छ। यीमध्ये एक लाख ६५ हजार २ सय ८८ जना निको भएका छन्।

प्रतिक्रिया