आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अब एक घण्टामै कोरोना परीक्षणको नतिजा, चीनबाट ल्याएको पीसीआर मेसिनको कमाल सुरु,

प्रकाशित
1.2K
SHARES

काठमाडौं । कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिहरुको मृत्युबारे आएका रिर्पोट सबै नेगेटिभ छन् । यो बीचमा नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएको पिसिआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने भएको छ । ती मसिनहरु प्रदेशमा पनि पठाएर जडान गरेपछि कोरोना परीक्षण सहज हुने जनाइएको हो । सरकारले चीनबाट पाँच वटा पिसिआर मेसिन ल्याएकोमा चार प्रदेशमा वितरण गरिने छ ।

प्रयोगशालाका निर्देशक डा। रुना झाले जो कोहीको पनि कोरोना परिक्षण गराउन सक्ने र एक दिनमा धेरै व्यक्तिहरुको स्वास्थ्य परिक्षण गराउन सकिने बताए । सरकारले पीसीआर मसिन ३० हजार रिएजेन्ट ल्याएको छ । एउटा रिएजेन्टले एक जनाको नमुना परिक्षण गराउन सकिने छ । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत आइतवार देखी परिक्षण सुरु गरिएको छ भने पोखरा , जनकपुर , हेटौडामा समेत परिक्षण सुरु गराउने तयारी भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैबिच अहिले भारतिय केही टेलिभिजनले अत्यन्तै कारुणीक दृष्य देखाइरहेका छन् । लकडाउँनका कारण भारतमा रहेका लाखौँ नेपाली अलपत्र परेका छन् । यतिसम्मकी त्यहाँ कुनै मानवीयता नै छैन । दिल्लीको अहमदाबादको एक दृष्यमा १ महिनाका शिशु सहित महिला पुरुष सडकमा भौतारिरहेका छन् । उनीहरु आफु काम गर्ने स्थानबाट अनिश्चित समयका लागि भन्दै विदा पाए । अधिकांश रोजगार दाताले सरकारले तत्काल लकडाउन घोषणा गरेका कारण पैसा साथमा नरहेको भन्दै रकम नै नदिई काम गर्ने स्थानमा ताला लगाईदिए । आफु बस्दै आएको ठाउँबाट निकालिए । त्यसपछि उनीहरु सडकमा आए ।

प्रतिक्रिया