आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बागलुङकी युवतीमा कारोना भाइरस संक्रमण, जम्मा संख्या ५ पुग्याे

प्रकाशित
1.4K
SHARES

काठमाडौं । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोभिड-१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

याेपनि  कोरोना भाइरसविरुद्ध लडिरहेको नेपाललाई सहयोग गर्न कोरियामा रहेका नेपालीहरुले १ करोड १५ लाख रुपैयाँ (११ करोड ९८ लाख ९३ हजार ४ सय २२ वोन) संकलन गरेका छन्।

गैरआवासीय नेपाली समन्वय समिति (एनआरएनए) दक्षिण कोरियाको नेतृत्वमा ‘एक व्यक्ती, एक किट’ अभियान अन्तरगत यहाँका नेपालीहरुले उक्त रकम संकलन गरेका हुन्।

उठेको रकमबाट पहिलो चरणमा २ हजारको संख्यामा कोरोना परीक्षण उपकरण (किट) नेपाल पठाउने र दोस्रो चरणमा अन्य सामग्रीहरु र उपकरणहरु पठाउने एनआरएनए कोरिया संघका महासचिव बिमल सुवेदीले जानकारी दिए।

प्रतिक्रिया