आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

धनगढीका कोरोना संक्रमित दुबईबाट दिल्ली, काठमाडौं–नेपालगञ्ज हुँदै धनगढी पुगेका थिए

प्रकाशित
1.1K
SHARES

काठमान्डाै । धनगढीका कोरोना संक्रमित पुरुष चैत ८ गते काठमाडौँ–नेपालगञ्ज हुँदै धनगढी आएको खुलेको छ। उनी युएईको दुबईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौँ पुगेका थिए। २१ मार्च अर्थात चैत ८ गते काठमाडौँबाट नेपालगञ्ज हुँदै नेपालगञ्जबाट धनगढी पुगेका थिए।

उनी बुद्ध एयरको विमानबाट नेपालगञ्ज पुगेका थिए। उक्त कुराको बुद्ध एयर नेपालगञ्जका ईन्चार्ज दिनेश साहले पुष्टि गरे। ८ गते धनगढी पुगेका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए।सोही दिनदेखि उनी सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा राखिएका थिए। आईसोलेसनमा राखिएपछि उनको थ्रोट स्वावको नमूना परीक्षणका लागि काठमाण्डौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको थियो।

उनीमा कोरोना संक्रमणको पुष्टि आज मात्रै भएको हो।काठमाडौँ नेपालगञ्ज हवाई यात्रा र त्यसपछि नेपालगञ्ज धनगढीसम्म बसको यात्रा गरेका कारण उनीबाट अरु धेरै व्यक्तिमा पनि कोरोनाको संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ।सेती प्रादेशिक अस्पतालले कोरोनाको संक्रमण पुष्टि भएका युवकको स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ। यसअघि नेपालमा तीनजनामा संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये दुईको टेकु अस्पतालमा उपचार भइरहेको छ भने एकजना उपचारपछि घर फर्केका छन्।

काठमाडौँ उपत्यकाबाहिर पहिलोपटक सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ३४ बर्षिय पुरुषलाई कोरोनाको संक्रमण फेला परेको छ। उनी युएईको दुबैईबाट भारतको राजधानी दिल्ली हुँदै काठमाडौ पुगेका थिए भने काठमाडौँबाट नेपालगञ्ज हुँदै सार्वजनिक सवारी मार्फत धनगढी पुगेका थिए। ७ गते काठमाडौँ पुगेका उनी ८ गते धनगढी पुगे भने ११ गते सम्म उनले धेरैसंग भेटघाट गरेको स्थानीय प्रशासनले जनाएको छ।

नेपाल पुगिसको पाँचौ दिनपछि मात्रै सेती प्रादेशिक अस्पतालको आईसोलेसमा भर्ना भएका थिए। पाँच दिनको अवधीमा उनले परिवारका सदस्य र आफन्तसंग भेटघाट गरेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘कोरोना संक्रमित धनगढीका व्यक्तिले धेरैलाई भेटेको पाइएको छ। सबैको खोजी भईरहेको छ।’

‘उनी दिल्लीबाट काठमाडौँ पुगको दिन मामा घर बसेका रहेछन्। दोश्रो दिन पनि उनको काठमाडौँ, नेपालगञ्ज हुँदै धनगढी पुग्दा यात्रामै वितेको रहेछ, प्रहरी नायव उपरिक्षक बस्नेतले भने, ‘९ र १० गते धेरै जनासंग भेट भएको हुनसक्छ।’
संक्रमित व्यक्तिका पारिवारीक सदस्यमै एक जना प्रहरी कर्मचारी समेत भएकाले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी पनि त्रसित बनेका छन्।

परिवारका ८ जना सदस्य, संक्रमतिलाई अस्पतालमा भर्ना गर्ने थप एक जना र संक्रमितको सम्पर्कमा रहेका अन्यको समेत खोजी गरी निगरानीमा राख्ने तयारीमा स्थानीय प्रशासन छ। परिवारका ८ जना सदस्यलाई भने अहिले अस्पताल ल्याउने तयारी भईरहेको छ। उनलाई अस्पताल ल्याउने व्यक्ति भने अझै सम्पर्कमा आएका छैनन्।

प्रतिक्रिया