आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

धनगढीमै भेटिए कोरोना भाइरसको चाैथाे संक्रमित

प्रकाशित
1.3K
SHARES

काठमान्डाै । धनगढीको सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) को चौथो संक्रमित भेटिएका छन।उनी उपचारमा रहेका स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ। हाल उनको अवस्था सामान्य छ। उनी ३४ वर्षका नेपाली पुरूष हुन्।

सरकारले एक साताका लागि लगाएको लकडाउनको अवधि बढाउने तयारी थालेको छ। हवाई र स्थलमार्ग हुँदै नेपाल छिरेका मानिसको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म लकडाउन यथावत राख्ने गरी तयारी थाल्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो।

भारत र तेसो मुलुकबाट नेपाल आएका तथा अस्पतालको आइसोलेसनमा उपचाररत व्यक्तिको अन्तिम स्वास्थ्यजाँच रिपोर्ट विश्लेषणपछि मात्रै लकडाउनबारे सोच्न सकिने बताइएको छ।

चैत ११ गतेदेखि १८ गते बिहानसम्म एकसाताका लागि सरकारले लकडाउन घोषणा गरेको थियो। भारतले कोरोना संक्रमण फैलन नदिन बुधबारबाटै लागू हुने गरी २१ दिनका लागि लकडाउन गरिसकेको छ।

त्यसैबिच  सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन बढ्न थालेपछि प्रहरीले विशेष एक्शन लिन थालेको छ । अत्यावश्यक कामबाहेक त्यत्तिकै हिँड्नेलाई प्रहरीले समातेर आजदेखि आफैँ क्वारेन्टाइनमा राख्न विशेष टोली परिचालन गरेको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनलाई व्यवस्थित गर्न आजदेखि थप कडाइ गरिएको छ । सरकारले सम्भावित सङ्क्रमणबाट

बच्नका लागि गरेको बन्दाबन्दीमा मानिस घर बाहिर निस्कन थालेपछि थप कडाइ गरिएको हो । सरकारले आज कडाइ गरेपछि मानिस पनि छिटफुट रुपमा हिँडडुल र सवारी साधन पनि कम चलेका देखिन्छन् । एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यमलगायत अतिआवश्यक सेवाका सवारीमात्र सडकमा गुडेको देखिन्छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले आज लकडाउनको चौथो दिन अन्य दिनको भन्दा हिँडडुलमा कडाइ गरेको बताए । “लकडाउनलाई उल्लङ्घन गर्न थालेपछि आजदेखि हामीले थप कडाइ गरेका हौँ” उनले भने , “बिना काम बाहिर

निस्कनेलाई नियन्त्रणमा लिइनेछ ।” उहाँका अनुसार यसरी मानिस अनावश्यक रुपमा बाहिर निस्केकालाई नियन्त्रण गर्नका लागि परिसरले दुईवटा गाडीमा प्रहरीको विशेष टोली परिचालन गरेको छ । टोलीमा रहेका प्रहरीले आफूसँग भएको उपकरणमार्फत २–३ फिट टाढैबाट बाहिर हिँडिरहेका मानिसलाई नियन्त्रणमा लिनेछ ।

“ती दुई गाडीमा रहेका प्रहरीको गस्ती सानासाना गल्लीमा पनि जान्छन् । अनावश्यक रुपमा हिँडिरहेकालाई हामीसँग भएको उपकरणले नियन्त्रणमा लिन्छौँ” उहाँले भन्नुभयो, “यसरी नियन्त्रणमा लिएकालाई प्रहरीको क्वारेन्टाइनमा राखिनेछ ।” उहाँका अनुसार अहिलेसम्म १७ जनालाई नियन्त्रणमा लिइएको छ । उनले कुनै धर्ना, जुलुस नभई महामारी रोक्नका लागि सरकारले चालेको कदमलाई सबैले सहयोग गरेर बाहिर ननिस्कनसमेत आग्रह गरे ।

प्रतिक्रिया