आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पर्सा राष्ट्रिय निकुन्जमा सेना र तस्करबीच गोली हानाहान हुँदा एकको मृृत्यु, एक घाइते

प्रकाशित
0.9K
SHARES

नेपाली सेना र तस्कर समुहबीच गोली हानाहान हुँदा एक जनाको ज्यान गएको छ। पर्सा राष्ट्रिय निकुन्जमा शुक्रबार निकुञ्जको सुरक्षामा खटिएका सेना तस्करसबिच गोली हानाहान हुँदा सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते गम्भीर घाइते भएका छन्। मृतक तस्करको भने सनाखत हुन बाँकि रहेको छ।

निकुन्जको भित्रि जंगलमा शुक्रबार बिहान साढे ९ बजेतिर बन्दोवस्तीका सामानसहित रहेका वन्यजन्तु चोरी शिकारी गर्ने तस्करहरुको समूह र सेनाबीच गोली हानाहान भएको हो।घटनास्थबलाट सेनाले दुई थान बन्दुक, बारुद, धारिलो हतियार लगायतका सामानहरुसमेत बरामद गरेको छ।

त्यसैबिच नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका-७ अमरसास्थित सडकमा ना.४३ प २९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार मध्यबिन्दु नगरपालिका-७ चोरमारा बस्ने २८ वर्षीय भोज बहादुर महत्तोको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले सुरक्षाकर्मीको आँखा छल्न हतार गरेर सवारी चलाएको अनुमान गरिएको छ ।

सल्यान, शारदा नगरपालिका-८ काँटी गाउँस्थित सडकमा ना.३ ख ७९७५ नम्बरको बस सडकबाट अन्दाजी ५० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका बसका सहचालक दाङ तुलसीपुर उपमहानगरपालिका-४ बस्ने १९ वर्षीय सुजन नेपालीको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बसका चालक सहित अन्य ३ जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया