आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लकडाउनमा भाग्दै सवारी चलाउँदा भएको दुर्घटनामा परी २ जनाको मृत्यु

प्रकाशित
1K
SHARES

काठमाडौ । नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका-७ अमरसास्थित सडकमा ना.४३ प २९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार मध्यबिन्दु नगरपालिका-७ चोरमारा बस्ने २८ वर्षीय भोज बहादुर महत्तोको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले सुरक्षाकर्मीको आँखा छल्न हतार गरेर सवारी चलाएको अनुमान गरिएको छ ।

सल्यान, शारदा नगरपालिका-८ काँटी गाउँस्थित सडकमा ना.३ ख ७९७५ नम्बरको बस सडकबाट अन्दाजी ५० मिटर तल खसेर बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका बसका सहचालक दाङ तुलसीपुर उपमहानगरपालिका-४ बस्ने १९ वर्षीय सुजन नेपालीको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बसका चालक सहित अन्य ३ जनाको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया