आज : गते

ताजा शिर्षकहरु

स्याङ्जामा विभिन्न क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २१३ पुग्यो

प्रकाशित
754
SHARES

काठमान्डाै ।  स्याङ्जाका  पालिकामा निर्माण भएका क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २१३ पुगेको छ । विश्वभरि महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जिल्लाका ११ पालिकाले निर्माण गरेका विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनमा विदेशबाट फर्केपछि बस्नेको सङ्ख्या २१३ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बतायो ।

स्याङ्जामा हालसम्म क्वारेन्टाइनमा १९, सेल्फ क्वारेन्टाइनमा एक र होम क्वारेन्टाइनमा १९३ रहेका प्रनाउ भण्डारीले बताउनुभयो । “जिल्लाका सबै स्थानीय तहमा स्थानीय तह, प्रहरी प्रशासनलगायतको सहयोगमा विदेशबाट आउनेको विवरण सङ्कलन गर्ने कार्यले तीव्रता पाएको छ”, प्रनाउ भण्डारीले भन्नुभयो, “विदेशबाट फर्केकालाई घर घरमै पुगेर होम क्वारेन्टाइन वा पालिकाले निर्माण गरेका क्वारेन्टाइनमा राखेका छौँ ।” विदेशबाट फर्केकाहरुको खोजी कार्यलाई तीव्रता दिइएकाले पनि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या थपिन सक्ने बताइएको छ ।

कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै जारी गरिएको लकडाउनको उल्लङ्घन गर्ने ४९ सवारी साधनलाई स्याङ्जामा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बुधबार २४ र बिहीबार २५ गरी कूल ४९ सवारी साधनलाई नियन्त्रणमा लिएको प्रनाउ भण्डारीले बतायो । “लकडाउनको पालना गरी आफू र परिवारलाई सुरक्षित राख्नका लागि सचेतनास्वरुप माइकिङसमेत गरिएको छ”, प्रनाउ भण्डारीले भन्नुभयो, “लकडाउनका बेला अत्यावश्यक कामबाहेक सडकमा सवारी साधन नचलाउन र घरबाहिर पैदलसमेत ननिस्कन आग्रह गरेका छौँं ।”

उन्नाइस वर्षीया युवती सवार जहाजमा यात्रा गरेका भनिएका स्याङ्जाका छजना क्वारेन्टाइनमा बसेका स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बतायो । छजनामध्ये स्याङ्जाको फेदीखोला गाउँपालिकाका एक युवक र उहाँको परिवार गरी तीनजनाको स्वाब परीक्षणका लागि टेकुस्थित प्रयोगशालामा पठाइएको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बतायो ।

प्रतिक्रिया