आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु, दुई जना घाइते

प्रकाशित
1.2K
SHARES

काठमान्डाै ।  मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७, चोरमाराको भित्री सडकमा चोरमारादेखि उत्तर अम्रसातर्फ जाँदै गरेको ना ४३ प २९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही स्थानका २८ वर्षीय भोजबहादुर महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते महतोलाई चितवनको पुरानो मेडिकल कलेज भरतपुर पुर्याइएकोमा त्यही उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३० वर्षीय बुद्धिराम महतो र मोटरसाइकल चालक ४२ वर्षीय यमबहादुर पौडेल घाइते भएका छन्। दुवै जनाको अहिले उपचार भइरहको प्रहरीले जनाएको छ।एउटै मोटरसाइकलमा तीन जना सवार भएकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

प्रतिक्रिया