आज : गते

ताजा शिर्षकहरु

भारतमा कोरोना भाइरस थप भयावह बन्दै – २४ घण्टामा थप ८ जनाको मृत्यु

प्रकाशित
1.3K
SHARES

काठमाडौं । दक्षिण एसियाली मुलुकहरुको छिमेकी चीनबाट सुरु भएको कोरोना भाइरसको असर सुरु भएको छ । कोरोना संक्रमणका कारण दक्षिण एसियाली मुलुकहरूमा हालसम्म ३८ जनाको ज्यान गएको छ । भारतमा बिहिबार एकैदिन ८ जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या सबैभन्दा बढी अर्थात २० पुगेको हो ।

त्यहाँ अहिलेसम्‍म ७२७ जनामा संक्रमण देखिएको छ। यस्तै, पाकिस्तानमा ९ जनाको ज्यान गएको छ भने दक्षिण एसियाली मुलुकहरूमध्येमै सबैभन्दा धेरे संक्रमित भेटिएका छन्‌ । पाकिस्तानमा कोरोनाबाट अहिलेसम्म १२०१ जना संक्रमित भएका छन्‌ । बंगलादेश मानवीय क्षतिको संख्या गणनाका हिसाबले तेस्रो स्थानमा छ। त्यहाँ कोरोना संक्रमित पाँच जनाको ज्यान गएको छ भने ४४ जना संक्रमित भेटिएका छन्‌।

अफगानिस्तानमा संक्रमणका कारण चार जनाले ज्यान गुमाएका छन्‌ भने ९४ जना संक्रमित भएका छन्‌। श्रीलङ्का, माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मानवीय हताहती भएको छैन। अहिलेसम्म श्रीलङ्कामा १०६, माल्दिभ्समा १३, नेपालमा तीन र भुटानमा दुई जना संक्रमित भेटिएका छन्‌।

प्रतिक्रिया