आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

आज देशका केही ठाउँमा चट्याङ् र हावाहुरी सहित पानी पर्ने सम्भावना

प्रकाशित
1.2K
SHARES

काठमान्डाै ।  शुक्रबार देशका केही ठाउँमा चट्याङ्ग र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।पश्चिमी निम्न चापीय प्रणालीको असरले शुक्रबार देशका केही ठाउँमा चट्याङ्ग र हावाहुरी सहित पानी पर्ने तथा हिमाली क्षेत्रको केही ठाउँमा हिमपातको पनि सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए।

उनका अनुसार मध्य र पूर्वको तुलनामा पश्चिम क्षेत्रमा धेरै पानी पर्नेछ। तर पश्चिमी निम्न चापीय प्रणाली मध्य हुँदै पूर्वमा सर्ने भएकाले दिउँसोपछि काठमाण्डौसहित मध्य क्षेत्रको मौसम पनि बदली भइ चट्याङ र हावाहुरीसहित पानी पर्ने उनले बताए।

यसकै प्रभावले शुक्रबार बेलुकीसम्ममा पूर्वका केही ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको उनले बताए। यो प्रणाली पूर्व हुँदै नेपालबाट बाहिरिने भएकाले शनिबारदेखि भने मौसममा सुधार हुँदै जाने मौसमविद् प्रधानाङ्गको अनुमान छ।

याेपनि  सल्यानमा गएराती भएको बस दुर्घटनामा सहचालकको ज्यान गएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ का १८ वर्षिइ सुजन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शारदा नगरपालिका ८ काटीगाउँबाट दुलधरापोखरा जाँदै गरेको ना ३ ख ७९७५नम्बरको बस मार्केबजार नजिकै दुर्घटना भएको थियो ।
दुर्घटनामा परी शारदा नगरपालिका ८ का २६ वर्षिय सुरेन्द्र सेजवाल, शोही ठाउँकै २८ वर्षिय थमन चलाउने र वडा न ५ का २७ वर्षिय खेमराज बुढाथोकी घाइते भएका छन् ।

घाइतेहरुको सल्यान जिल्ला अस्पतालमा उपचार भई रहेको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाई रहेको छ । गाडीको टायर पन्चर भएपछि ममर्तका लागि दुलधारा पोखरा आउँदै गर्दा दुर्घटना भएको प्रहरीले बताएको छ ।उक्त बस ‘लकडाउन’को अवज्ञा गर्दै चलाएको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया