आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लकडाउनमा बाहिर निस्केपछि दाईले गरे भाइको हत्या

प्रकाशित
676
SHARES

काठमान्डाै । कोरोना भाइरस रोक्नका लागि सरकारले जारी गरेको लकडाउनको निर्देशनका कारण संक्रमण फैलिनबाट रोकिएपनि जनजीवन भने अस्तव्यस्त बनेको छ ।कतिपय मानिसहरुको जागिर छुटेको छ भने कैयन बेघर पनि भएका छन् ।लकडाउनको सबैभन्दा बढी असर मजदूरी गरेर जीविका चलाउनेहरुको जीवनमा परेको छ ।भारतमा लकडाउनका कारण अहिले गरिब तथा मजदूरहरु सबैभन्दा बढी प्रताडित बनेका छन् । यातायातको साधन बन्द हुँदा कैयन व्यक्ति सयौं किलोमिटर हिंडन समेत बाध्य बनेका छन् ।

यस्तै एउटा दुखदायी घटना भारतमा घटेको छ ।भास्कर दैनिकमा प्रकाशित समाचार अनुसार, जागिर छुटेपछि घर आएको भाइले घरमा शान्ति पाउनुको साटो मृत्युको सामना गर्नु परेको छ ।मुम्बईको कान्दिवाली इष्टमा बसोबास गर्ने २८ वर्षीय राजेश ठाकुरले २१ वर्षका आफ्ना भाई दुर्गेसको हत्या गरेका छन् ।

प्रहरीका अनुसार, राजेसले भाईलाई लकडाउनको बेला घरबाट बाहिर नजान भनेका थिए । तर दाईको आदेश नमान्दै भाई भने घरबाहिर निस्किन पुगे ।भाई दुर्गेस पुनामा वेटर काम गर्ने र लकडाउनको बेला घर आएका थिए । लकडाउनका कारण एक हप्ता अघि मात्रै उनको जागिर गुमेको थियो । त्यसैले उनी मुम्बईमा रहेका दाईकहाँ आएका थिए

भारतमा बुधबारदेखि लकडाउन भएपछि राजेशले भाई दुर्गेशलाई घरबाहिर नजान भने । यही कुरामा दुबैका बीच झगडा भयो । झगडा चर्किदै गएपछि राजेशले तावाले दुर्गेशको टाउकोमा प्रहार गरे ।घाइते दुर्गेसलाई अस्पताल लगियो तर डाक्टरले उनलाई मृत घोषणा गरे ।लकडाउनमा बाहिर निस्किन खोजेको आरोपमा भएको झगडाका कारण भाईको हत्या गरेको आरोपमा प्रहरीले राजेशलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया