आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री ओली अचानक अस्पताल भर्ना

प्रकाशित
1K
SHARES

काठमान्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको छ। बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ। उनको स्वास्थबारे थप विवरण भने आउन सकेको छैन। ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए।

प्रधानमन्त्रीलाई असहज महसुस भएपछि भर्ना गरिएको स्रोतले जनाएको छ। ओलीलाई डिस्चार्ज गर्ने बेला उनको उपचारमा संलग्न चिकित्सकले उनी अझै पनि सक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन सुझाव दिएका थिए।

चीनको वुहानबाट सुरु भएर अहिले विश्वभर नै फैलिएको कोरोना भाइरसले अमेरिकाको हातल खराब भएको छ । अमेरिकाकाले समयमा नै रोकथामका लागि ध्यान नदिएको कारण अहिले अमेरिका संक्रमण हुने देशहरुको शिर्ष स्थानमा आएको छ । अमेरिकामा बिहिबार एकैदिन १७ हजार २२४ जना नयाँ संक्रमित फेला परेका हुन् । हिजो अमेरिका २६६ जनाले ज्यान गुमाउनु परेको थियो ।

यो सँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या १ हजार २९७ पुगेको छ । आज शुक्रबार पनि २ जनाले ज्यान गुमाएका छन् भने ४८ नयाँ बिरामी फेला परेका छन् । यस भन्दा पहिले चीनमा ८१ हजार ३४० संक्रमित भएका थिए जसमा ३ हजार २९२ जनाले ज्यान गुमाए । इटली जहाँ सबैभन्दा ठुलो मानविय क्षति भयो । यहाँ ८० हजार ५८९ जना संक्रमित हुँदा ८ हजार २१५ जनाले ज्यान गुमाए । स्पेनमा ५७ हजार ७८६ संक्रमित हुँदा ४ हजार ३६५ जनाले ज्यान गुमाए ।

त्यसैबिच कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीई लगायतका औषधिजन्य सामाग्रीहरु चीनले दिने भएको छ । चीनले दिन लागेको उक्त सामाग्री लिन नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान चीनको ग्वाङझाओ जाने भएको छ । विमानस्थल भन्सार विभाग स्रोतका अनुसार भोलि शनिबार नेपाल एयरलाइन्सको बाइडबडी विमान काठमाडौंबाट ग्वाङझाओ जान लागेको हो । औषधिजन्य सामाग्री लिनका

लागि शनिबार फ्लाइट नम्बर आरएनए ४१७१ को उडानमा चार्टर्ड विमान शनिबार ग्वाङझाओ जाने विमानस्थल भन्सार विभागले जनाएको छ ।वाइडबडीले भेन्टिलेटरलगायतका सामग्रीसमेत ल्याउन लागेको स्रोतले बतायो । यसअघि चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ रहेका नेपालीहरुलाई पनि नेपाल वायु सेवा निगमकै वाइडबडी जहाजले ल्याएको थियो ।

प्रतिक्रिया