आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लकडाउनकाे कारण काठमाडौंमा हावाको गुणस्तरमा सुधार

प्रकाशित
2.2K
SHARES
Kathmandu morning

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि मंगलबारदेखि सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण काठमाडौं उपत्यकासहित देशभर प्रदूषण घटेको छ ।उद्योग, कलकारखाना बन्द भएको र अत्यावश्यकबाहेकका सवारी साधन गुड्न पनि प्रतिबन्ध लगाएकाले वायूको गुणस्तर सुधार भएको हो ।

हिउँदयाममा प्रदूषण मापन गर्दा सधैं ‘रेड जोन’ मा रहने काठमाडौं ‘लकडाउन’ पछि ‘ग्रीन जोन’मा पर्न थालेको छ । यसले काठमाडौंको हावाको गुणस्तर धेरै राम्रो भएको देखाउँछ ।सरकारले राखेको प्रदूषण मापन केन्द्रका तथ्यांकअनुसार वीरगञ्ज (सिमरा) बाहेकका अन्य क्षेत्रमा वायु प्रदूषण कम भएर ग्रीन तथा एल्लो जोन कायम भएका छन् ।

तथ्यांकअनुसार काठमाडौंको रत्नपार्क आसपासका क्षेत्रमा दिउँसो २ बजेको आसपासमा वायु प्रदुषण (पी.एम २.५० को स्तर १७.८ माइक्रोग्राम प्रतिघनमिटर रहेको पाइएको छ । वातावरण मन्त्रालयले तय गरेको मापदण्डअनुसार वायुमा धुलोको कण पी.एम २.५ को मात्रा ४० माइक्रोमिलिलिटर भन्दा उच्च रहे मात्रै त्यसलाई वायु प्रदूषण भएको मानिन्छ ।रत्नपार्कको पी.एम २.५ को मात्रा भनेको नेपाल सरकारले तोकेको मापदण्डभन्दा आधा कम हो । यसबाट काठमाडौंकोको वायुको गुणस्तर निकै सुधार गएको थाहा हुन्छ ।

प्रतिक्रिया