आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मोटरसाइकल दुर्घटना, चालकको मृत्यु २ जना घाइते

प्रकाशित
1.6K
SHARES

काठमान्डाै । सरकारले घोषणा गरेको ‘लकडाउन’को अवज्ञा गर्दै चलाएको मोटरसाइकल ट्रकसँग ठोक्किँएर दुर्घटना हुँदा भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा परेर दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगातीमा मंगलबार राति इन्धन सकिएर रोकिराखेको ना. ६ ख. ११०३ ननम्बरको ट्रकमा सूर्यविनायकबाट साँगातर्फ जाँदै गरेको बा.९० प.४०४० नम्बरको तीन जना चढेको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएर हाल भक्तपुर कमलविनायक बस्ने २८ वर्षीय उत्तरबहादुर तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकृत प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

दुर्घटनामा परेर सिन्धुपाल्चोक जुगल नै घर भइ हाल भक्तपुर कमलविनायक बस्ने २८ वर्षीय आकाश तामाङ र ११ वर्षीय कोलसङ डोल्मा तामाङ गम्भीर घाइते भएका र आकाश तामाङको इवामुरा अस्पतालमा उपचार हुन नसकेपछि केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । साथै अर्का घाइते कोलसङको भने इवामुरामा उपचार भएर आज घर फर्किएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेका ट्रक, मोटरसाइकल र ट्रक चालक चितवन भरतपुर १६ बस्ने २६ वर्षीय दुर्गाबहादुर तामाङलाई महानगरीय प्रहरी वृत जगातीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । (फाइल फोटो)

प्रतिक्रिया