आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपाल र नेपालीका लागि दु:खद खबर – कोरोनाको तेस्रो संक्रमित भेटिए

प्रकाशित
2K
SHARES

काठमाडौं । विश्वव्यापी फैलिरहेको कोरोना भाइरसले नेपालमापनि अब चै जरा गाडिसकेको पुष्टी हुन्छ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को थप नयाँ संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा पठाएको नमुना रिपोर्ट पोजेटिभ देखिएको हो । उक्त पोजेटिभ व्यक्ति को हुन् र कहाँका हुन् भन्ने बारेमा भने केही खुलाइएको छैन

आफुलाई रोग लागेको जानकारी हुँदा हुँदै पनि नियतवश संक्रामक रोग फैलाउनेलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । मुलुकी अपराध संहितामा कसैले पनि आफूलाई सरुवा र संक्रामक रोग लागेको थाहा पाउँदापाउँदै नियतवश अरुलाई सारेमा, लापरबाही र हेलचेक्र्याइँ गरेमा यस्तो कैद र जरिवाना हुनेछ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अर्थात् कुनै पनि सरुवा रोग जानीजानी फैलाउनेलाई पनि १० वर्षसम्म कैदसहित जरिवाना हुनेछ। अपराध संहिताले रोग लागेका व्यक्तिले लापरबाही र हेलचेक्र्याइँ गरेमा ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना तोकेको छ। संहिताको दफा १०४ मा संक्रामक रोग फैलाउन नहुने व्यवस्थाअन्तर्गत कसैले कसैको ज्यानलाई खतरा पुर्याउन सक्ने कुनै किसिमको संक्रामक रोग फैलाउने, फैलिन सक्नेगरी काम गर्न नहुने उल्लेख छ।

अपराध संहिताको दफा १०६ मा सरुवा रोगसम्बन्धी कानुनको उल्लंघन गर्न नहुने व्यवस्था छ। नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले वा कानुनबमोजिम अधिकार प्राप्त अधिकारीले सरुवा रोग सम्बन्धमा जारी गरेको नियम, निर्देशन उल्लंघन गर्न नहुने कानुनी व्यवस्था छ। सरकारले जारी गरेको नियम, आदेश उल्लंघन गरेमा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना हुनेछ।

मुलुकमा कोरोना भाइरसको जोखिम बढेपछि संक्रामक रोग ऐन २०२० पनि आकर्षित हुन सक्नेगरी सरकारले लक डाउन गरिसकेको छ। ऐनअन्तर्गत दिइएका आदेशलाई अपहेलना गर्ने व्यक्तिलाई एक महिना कैद वा सय रुपैयाँ जरिवाना हुने व्यवस्था छ। ऐनमा काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने लेखिएको छ। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया