आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सीमामा दर्जनौं नेपाली अलपत्रः सरकारकाे निर्णयले पुगेन, लिखित पत्र मागे सिडिओले

प्रकाशित
1K
SHARES

काठमान्डाै । बैतडी जिल्लाको भारतसँग जोडिएको झुलाघाट नाकामा बिभिन्न शहरबाट फर्केका दर्जनौं नेपाली अलपत्र परेका छन् ।जिल्ला प्रशासन कार्यालय बैतडीले समयमा नै पहल नगर्दा उनीहरु भारततर्फको झुलाघाट बजारमा अलपत्र परेका हुन ।

नेपाल सरकारले सीमा नाका बन्द गरेपनि भारतमा लकडाउनको घोषणा नभएका कारण समयमा नै नेपाल नआएका नेपालीहरु अहिले भने घर फर्किन खोज्दा स्थानीय प्रशासनले अनुमति दिएको छैन ।सुदूरपश्चिमको गौरीफन्टा र गड्डाचौकी नाकाबाट सरकारले सीमा नाका बन्द गर्ने घोषणापछि मात्रै चार हजार बढी नेपाल भित्रिएका छन् । गौरीफन्टा नाकामा प्रशासनले रोकेपछि आन्दोलनमा उत्रिएका नेपालीहरुलाई स्वास्थ्य जाँच गरी नेपाल फर्काइएको थियो ।

तर बैतडीको मुख्य नाका झूलाघाटमा भने प्रशासनका तर्फबाट कुनै पहल नभएको अलपत्र परेका नेपालीहरुको गुनासो छ ।जिल्ला प्रशासन कार्यालयले भने माथिको आदेश नआएको भन्दै केही गर्न मानेको छैन । “बन्द गर्न माथिले नै आदेश दिएको हो, अब खोल्ने आदेश नआई

कसरी नेपाल प्रवेश गर्न दिने ?” बैतडीका जिल्ला प्रमुख अधिकारी तुलसी पौडेलले भने, “गृहबाट कुनै निर्देशन नआउँदासम्म हामीले केही गर्न सक्दैनौं ।”भारत र चीनसँग जोडिएका सबै नाका बन्द गर्ने घोषणापछि समेत सीमा नाकामा नेपालीहरुको लर्को लागेपछि सरकारले अन्तिम पटकका लागि भन्दै नेपाल प्रवेस गर्न दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया