आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोनाको संक्रमण देखिएकी युवतीको अवस्था सामान्य – डा.अधिकारी

प्रकाशित
1K
SHARES

काठमाडौं । फ्रान्सबाट आएकी कोरोना रोगको संक्रमण देखिएकी युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेकी ती युवतीको स्वास्थ्य अवस्था समान्य रहेको टेकु अस्पतालका वरिष्ठ चिकित्सक डा. प्रभात अधिकारीले जानकारी दिएका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग बुधबार कुरा गर्दै डा.अधिकारीले उपचाररत ती युवतीमा अरु कुनै रोगका लक्षण नदेखिएको बताए । उनले ती युवतीको अवस्था नर्मल रहेको जानकारी दिए ।डा.अधिकारीले ती युवतीले आफूलाई संक्रमणको शंका लागेपछि सर्तक भएर बसेको बताएपनि उनलाई कहाँबाट संक्रमण सरेको र कति जनासंग सम्पर्क भएको भन्ने कुरा नखुलेको बताए ।

डा.अधिकारीले अरुमा संक्रमणको लक्ष्ण देखिन पनि समय लाग्ने र ८० प्रतिशत मानिसमा लक्षण नै नखिइकन संक्रमण सर्ने भएकाले स्थिति खतरामुक्त भने नभएको बताए ।डा.अधिकारीले नेपालमा कोरोना भाइरसको संक्रमण प्रवेश गरिसकेकाले सबैले सर्तकता अपनाउनु मात्रै एक विकल्प रहेको बताए ।

डा.अधिकारीले सीमा नाका बन्द गर्न ढिलाई भएकाले समस्या बढेको बताए । डाक्टरहरूलाई पनि यो रोगको उपचार कसरी गर्ने भन्नेमा अन्यौल भएकाले स्वास्थ्यमन्त्रीको नेतृत्वमा स्पेशल टास्क फोर्स बनाएर विज्ञहरूको समूहमार्फत काम गर्न सुझाव दिएको डा.अधिकारीले बताए

‘चिकित्सकहरूलाई मास्क, चस्मा, ड्रेस लगायतका सामाग्री अहिले आवस्यक परेको छ’, डा.अधिकारीले भने, ‘अहिले पर्याप्त छैन । सबै डाक्टरहरूले आवस्यक सामाग्री पाएका छैनन् ।’ उनले आवस्यक सामान चीनबाट आउने तयारीमा रहेको बताए ।

प्रतिक्रिया