आज : गते

ताजा शिर्षकहरु

कोरोना भाइरस माहामारीकाे बेला चितवनमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु कोरोना पुष्टि हुन बाँकी

प्रकाशित
3.4K
SHARES

काठमान्डाै । चितवनकाे  भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।

विदेशबाट नेपाल आएकी एकजना नेपाली युवतीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ ।फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाली आएकी उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

चेकजाँचका क्रममा कोभिड १९ को संक्रमण रहेको पुष्टि भएपछि टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

उनी १९ वर्षीय विद्यार्थी हुन् । उनको सम्पर्कमा रहेका केही व्यक्तिलाई पनि निगरानी राखिएको देवकोटाले बताएका छन् ।उनी यही चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी थिइन् । ६ जनाको नमूना परीक्षण गरिएकोमा १ जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयद्वारा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।विदेशबाट आएका ७१ जनालाई क्वारेन्टाइनमा राखिएको प्रवक्ता देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।ती युवतीका परिवारजनलाई क्वारेन्टाइनमा राखिएकाे छ ।

याेपनि  फ्रान्सबाट चैत ४ गते कतार हुँदै नेपाल आएकी एक नेपाली युवतीलाई कोरोना देखिएपछि उनीसँग सम्पर्कमा आएका अन्यको खोजि सुरु भएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएकी युवतीसँगै हवाई यात्रा गरेका गोरखाका युवकको स्वास्थ्य परीक्षण र निगरानी सुरु थालिएको छ ।

सरकारी अधिकारीहरुका अनुसार गोरखाको भिमसेन थापा गाउँपालिका ४ को धावा घर भएका ती युवक कतार एयरवेजको जहाजबाट गएको चैत ४ गते नेपाल आएका थिए । त्यही जहाजमा यात्रा गरेकी काठमाडौंकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको सङ्क्रमण भएपछि उनका आफन्त लगायत उक्त जहाजमा यात्रा गरेका नेपालीहरुको खोजि थालिएको छ ।

युवतीसँगै यात्रा गरेका युवकको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मीको टोली उनको घरमा पुगेको भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य संयोजक भेषराज खनालले बताउनुभयो । ती युवक रोजगारीका लागि पोर्चुगलमा गएका थिए । उनी दोहा हुँदै नेपाल फर्किएका हुन् । साथै कोरोना भाइरसको संक्रमण देखिएकी युवतीको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया