काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसको उपचार र परीक्षणका लागि चाहिने आवश्यक सामग्रीहरू दिने भएको छ ।उपचार र परीक्षणका लागि चाहिने सामग्रीहरू चीनबाट ल्याउन तयारी भइरहेको छ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले के–के सामग्री, कसरी ल्याउने भन्नेबारे दुई देशका अधिकारीहरूबीच छलफल भइरहेको बताएका छन् ।
यसअघि चीनले नेपाललाई कोरोनाविरूद्ध लड्न के–के सामग्री चाहिन्छ भनेर सोधेको थियो ।नेपालले आफूलाई चाहिने सामग्रीको लिस्ट चिकित्सकसँग सल्लाह गरेर पठाएको छ ।काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले पनि नेपालमा मेडिकल सामग्रीहरू ल्याउन तयारी भइरहेको बताएकी छिन् ।
सोमबार साँझ ट्वीट गर्दै यान्छीले भनेकी छिन्, ‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू सकेसम्म मिलाउँदै छौं । हामी साथमा छौं !’यसअघि चिनियाँ कम्पनी अलिबाबाका संस्थापक तथा एसियाकै धनी व्यक्ति ज्याक माले पनि नेपाललगायत दक्षिण एसियाली मुलुकलाई मेडिकल सामग्री सहयोग गर्ने बताएका थिए ।कोरोनाको उपचारका लागि भारतले पनि नेपालमा र्यापिड रेन्सपोन्स टिम पठाउने वचन दिएको छ ।
प्रतिक्रिया