आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना महामारी – भाडामा बस्ने सबैको ४ महिनाको भाडा मिनाह गर्न सरकारसँग माग

प्रकाशित
5.5K
SHARES
Kathmandu morning

काठमाडौं । पछिल्लो समय विश्वभर नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसपछि सरकारले आजदेखि ७ दिनका लागि नेपाल बन्दको आह्वान गरेको छ । यो बीचमा भाडावाला सरोकार समाज नेपालले कोरोना भाइरस (कोभिड–१९) को प्रभाव मध्यनजर गर्दै तीन वा चार महिनासम्म घरभाडा मिनाहा गर्न माग गरेको छ ।

बहालमा बस्ने अहिले ठूलो मर्कामा परेको समाजको निष्कर्ष छ । यो अवस्था आत्मसात गर्दै सरकारले तत्काल यसतर्फ ध्यान दिनुपर्ने र मानवताका हिसाबले केही समय घरबहाल मिनाहा गर्नुपर्ने माग समाजले गरेको हो । यस भन्दा पहिले केही घरबेटीहरुले मानवता सम्झोर भाडा माफ गर्दै आएका छन् ।

त्यसैबिच  अहिले विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान शहर हो । यसको संक्रमणले नेपाललाई समस्यामा पार्न लागिरहेको । यो अवस्थामा चीनले सहयोग गर्न तयार रहेको प्रतिवद्धता फेरि दोहोर्याएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेपाललाई चीनको बलियो साथ रहेको बताएकी छिन् ।

हामी नेपालका लागि प्रार्थना गर्दैछौँ । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्‍याउन चिकित्सा सामग्रीहरू ककेसम्म मिलाउँदै छौँ । हामी साथमा छौँ सरकारले नेपाललाई एक साताका लागि लकडाउनमा लाने कदम चालेलगत्तै चीनको यस्तो भनाइ आएको हो । उनले भनेकी छिन् , ‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं । हामी नेपालका साथीहरुलाई सहयोग पुर्याउन तत्पर छौं । चिकित्सा सामाग्रीहरु सकेसम्म मिलाउँदैछौं, हामी साथमा छौं ।’

यो सँगै उनले कोरोना भाइरससँग जुधिरहेको नेपालले एक्लो महसुस गर्नु नपर्ने पनि बताएकी छन् ।उनले नेपाली भाषामा पनि ट्वीट गरेकी छिन् यो भनदा पहिले पनि उनले नेपालीमा ट्वीटहरु गर्दै आएकी छिन् । यस भन्दा पहिले चीनका अर्बपति ज्याक माले नेपाल लगायत एसियाका १० देशहरुलाई सहयोग गर्ने बताइसकेका छन् ।

प्रतिक्रिया