काठमाडाै : कोरोना भाईरसको संक्रमण रोकथामका लागि सरकारले भोलिबाट देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ। कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
अब भोलि विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारी पनि चलाउन पाईने छैन्। काठमाडौँमै कोरोना संक्रमित फेला परेपछि सतर्कता समेत बढाईएको हो।
लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन्। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ।
??????????????????????????????????????????????????????????
प्रतिक्रिया