आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

घर बाहिर ननिस्कन सर्वसाधारणलाई प्रहरीको अपील

प्रकाशित
2.3K
SHARES

काठमाडौं । नेपाल प्रहरीले सर्वसाधारणलाई सकेसम्म घरबाट बाहिर ननिस्कन अपील गरेको छ ।कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्यनगर गर्दै प्रहरीले यस्तो अनुरोध गरेको हो ।सरकारले आइतबारदेखि अत्यावश्यक बाहेकको सेवा बन्द गरेको तथा सोमबारदेखि नाका भएर यात्रुबाहेक सवारीसाधान भित्रन तथा बाहिरिन समेत नदिने निर्णय गरेसँगै प्रहरीले यस्तो अनुरोध गरेको छ ।

सरकारले भारत र चीनसँगको सबै नाका समेत आजैदेखि बन्द गराएको छ ।२५ जना बढी भिडभाड नगर्न, क्लब, फिल्म हललगायत सञ्चालनमा पनि रोक लगाइएको छ ।महानगरीय प्रहरी कार्यालयले संक्रमणविरुद्ध अभियान सञ्चालन गर्दै सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।कार्यालयले ‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थभित्रै बस्नुहोस्’ भन्ने नारा नै तय गरेको छ ।

सरोकारवाला निकायले प्रत्येक सडकचोक, बस्ती तथा टोलमा ‘माइकिङ’ गरी सरसफाइ र कोरोनाको लक्षणका सम्बन्धमा सचेतना फैलाउन समेत थालेका छन् ।सर्वसाधारण नागरिकमा समस्या देखिए आवश्यक सुविधाका लागि महानगरीय प्रहरीले प्रहरी अस्पतालको एम्बुलेन्स र प्रहरी भ्यान प्रयोग गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।बिरामीको सुविधाका लागि डोर टु डोर सेवा गरिएको हो ।

प्रतिक्रिया