आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौंमा भेटिए १ जना कोरोना संक्रमित बिरामी

प्रकाशित
1.9K
SHARES

काठमाडौं । नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन् । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन् ।फ्रान्सबाट काठमाडौं आएका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

४ गते कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएका थिए । त्यसबेला उनीमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा बसेका थिए ।हिजो परीक्षणका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएको छ । १९ वर्षका उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको छ ।स्वास्थ्यमन्त्री ढकालले धर्य नगुमाउने र सावधानी अपनाएर विस्तारित हुन नदिन सबैलाई अपील गरेका छन्

यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ । आजैबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।

फान्सबाट कतार हुँदै नेपाल आएकी एक किशोरीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिए पछि सरकारले उनका आफन्त र साथीहरुलाई पनि आइसोलसनमा राख्ने तयारी थालेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका अनुसार गत मंगलबार (चैत ४ गते) फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया छात्राको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण भएको देखिएको थियो ।

नेपाल प्रवेश गरेदेखि नै उनलाई क्वारेन्टाइनमा राखिएको थियो । बीचमा उनले केही साथी र आफन्तहरुलाई पनि भेटेको हुन सक्ने सम्भावनाका बीच सरकारले उनीहरुको खोजी शुरु गरेको हो ।मन्त्री ढकालले आइतबारदेखि नै कोरोना संक्रमणको पुष्टि भएकी किशोरीका आफन्त र साथीहरुको खोजी शुरु गरिएको बताए ।

साथै, ती किशोरीसँगै एउटै प्लेनमा आएका अन्य व्यक्तिको पनि खोजी शुरु गरिएको मन्त्री ढकालको भनाइ छ ।उहाँ (संक्रमित किशोरी)का आफान्त, साथीभाई र सँगै प्लेनमा आएका व्यक्तिलाई आइसोलेसनमा राख्ने प्रक्रिया शुरु गरिएको छ,’ सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने, ‘उहाँले क–कसलाई भेट्नुभयो भन्ने विषयमा अहिले पनि अनुसन्धान भइरहेको छ ।’आइसोलेसनमा राखिने सबै जनाको कोरोना संक्रमण भए–नभएको यकीन गर्न स्वास्थ्य परीक्षण गरिने मन्त्री ढकालले बताए ।

प्रतिक्रिया