आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लक डाउनले मात्रै पुग्दैन– WHO

प्रकाशित
1.5K
SHARES

विश्व स्वास्थ्य संगठनले लक डाउन गरेर मात्रै कोरोना भाइरसको संक्रमणबाट जोगिन नसक्ने बताएका छन् ।संगठनका अनुसार, लकडाउनसँगै स्वास्थ्य उपायलाई प्रभावकारी तरिकाले सञ्चालन गर्नु जरुरी रहेको छ ।संगठनका आपतकालिन विशेष माइक रायनका अनुसार, लकडाउनसँगै प्रभावित देशहरुले बिमार मानिसलाई आइसोलेसनमा राख्ने, उनीहरु को कोसँग सम्पर्कमा थिए भन्ने कुरा पत्ता लगाएर सम्पर्कमा

भएकाहरुलाई समेत आइसोलेसनमा राख्ने काम गर्नु जरुरी छ ।यो कुरालाई कडाइका साथ लागु गरिएन भने लक डाउन गरेपनि संक्रमण फैलिने खतरा कायमै रहन्छ ।माइकले यसो नगरिएको खण्डमा लकडाउन या अन्य प्रतिबन्ध हट्ने बित्तिकै पुनः संक्रमण फैलिने बताए । उनले संक्रमण रोकथामका लागि चीन, सिंगापुर, दक्षिण कोरिया जस्ता देशबाट सिक्नुपर्ने बताए । यी देशहरुले कडाइका साथ नियमको पालना गर्दै

शंकाष्पदको जाँच गर्ने, संक्रमण पाइएमा उक्त व्यक्ति जजसको सम्पर्कमा गएका थिए, ती सबैको पहिचान गरेर तिनीहरुलाई पनि आइसोलेसनमा राखेर जाँच गर्ने र संक्रमितको उपचार गर्ने काम गरेको उनले बताए । कोरोना भाइरसको औषधी अहिलेसम्म नबनेको उनले बताए । अहिलेसम्म अमेरिकामा यसको परीक्षण शुरु भएपनि यो औषधी आउन एकवर्ष लाग्न सक्ने उनको भनाई थियो ।

 

प्रतिक्रिया