आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतमा कोरोना भाइरसबाट मृत्यु हुने दरमा कमी २९ संक्रमितहरूनिको भएर घर फर्किए

प्रकाशित
1.1K
SHARES

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट २९ जना निको भएर घर फर्किएका छन् ।चीनबाट शुरु भएको कोभिड १९ ले विश्व आक्रान्त भइरहेका बेला भारतमा निको हुने बिरामीको संख्या बढ्दै गएको हो ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार हालसम्म २९ जना कोरोना भाइरसका संक्रमितहरू निको भएर घर फर्कीसकेका छन् ।

भारतमा कुल संक्रमित ३ सय ४१ जना रहेका छन् । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने दर पनि कम रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।भारतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ६ जनाको मृत्युु भइसकेको छ ।भारतमा कोरोना संक्रमण रोक्नका लागि ‘जनता कर्फ्यु’ लागू भएको छ । स्वास्थ केन्द्रहरूलाई खुला र चुस्तदुरुस्त राखिएको समाचारमा उल्लेख छ ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामका लागि सोमबारदेखि भारत र चीनका सीमा नाका बन्द हुने भएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोमबार बिहान १० बजेदेखि लागू हुनेगरी दुवै छिमेकी देशका सबै नाकाबाट हुने यात्रु आवागमन एक हप्ताका लागि स्थगित गर्ने निर्णय गरेको छ।

सीमा वारपारको ढुवानी भने नियमित हुनेछ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार राति सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले बताए। उनले भने ‘यो अहिले तत्कालका लागि लिइएको निर्णय हो। लामो समय रोक्नुपर्ने स्थिति आएमा दुई पक्षिय वार्ताबाट निर्णयमा पुग्नेछौ।’ उनले एक देशको सङ्क्रमण अर्को देशमा नसरोस भनेर छिमेकी देशकोसमेत हितलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको बताए।

कोरोना सङ्क्रमण विरुद्ध लड्नका लागि सरकारले केन्द्रीय राहत कोषकोे स्थापना गरेको छ। कोषमा सरकारले ५० करोड रुपैयाँ राख्ने भएको छ। त्यसैगरी संघीय सरकारका मन्त्रीहरुको एक महिनाको तलब पनि कोषमा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको छ। कोषमा जम्मा भएको रकम कोरोनासँगसम्बन्धित क्षेत्रमा पूर्वाधार तयार गर्ने र सम्भावित जोखिमलाई निराकरण गर्ने काममा खर्च गर्नेगरी कार्य्विधि बनाइने मन्त्री खतिवडाले बताए। साथै सरकारले कोषमा सहयोग गर्न अन्य सबैलाई आह्वान पनि गरेको छ।

प्रतिक्रिया