आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

‘लकडाउन’ पछि महेन्द्रनगर बजार सुनसान

प्रकाशित
1.9K
SHARES

काठमान्डाै । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर लकडाउन गरिएको छ। स्थानीय प्रशासनले गएराती १२ बजेदेखि लागु हुनेगरी भीमदत नगरपालिकाका दैनिक उपभोग्यका पसल, राहत उद्दार बाहेक यातायात, सम्पुर्ण बजार, पसल,ब्यवसाय, उद्योगग र कलकारखाना पनि बन्द गर्ने निर्णय गरेपछि बजार सुनसान भएको छ। अहिले महेन्द्रनगरमा अतिआवश्यक बाहेक आवातजावत गरिरहेकाहरुलाई पनि प्रहरीले फकाईरहेको छ।

कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई उच्च ध्यान दिँदै पोखरामा रक्तदानका कार्यक्रम सञ्चालन हुन थालेका छन् । गत हप्ता पाँच वटा कार्यक्रम स्थगन हुँदा रगतको अभाव देखिएको थियो । अहिले सामान्य भएको र कार्यक्रमसमेत नियमित हुन थालेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले जनाएको छ । रगत अभाव भएपछि विभिन्न सङ्घसंस्थाले आकस्मिक कार्यक्रम आयोजना गरेका थिए ।

यहाँ प्रदेशका ११ वटै जिल्लाबाट उपचारका लागि आउने बिरामीको गर्दछन् । यहाँ ‘रिफरल अस्पताल’ समेत रहेका छन् । यहाँ दैनिक ७० युनिट रगत माग हुने गरेको बताइएको छ । यही चैत १५ गतेसम्मका लागि विभिन्न सङ्घसंस्थाको आयोजनामा गरिने रक्तदान कार्यक्रमको तालिका रहेकाले त्यस्ता कार्यक्रमलाई स्थगन नगर्न केन्द्रले आग्रहसमेत गरेको छ ।

केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले सम्भव भएसम्म नियमित रक्तदानका कार्यक्रम हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गत हप्ता पाँच वटा कार्यक्रम स्थगित हुँदा बजारमा रगतको अभाव भयो । अहिले १५ गतेसम्मलाई क्यालेडरमा छ । कोरोनाको जोखिमले वार्षिक कार्यक्रम स्थगित नगर्नुहोस् भनेका छौँ । आवश्यकता हेरेर रक्तदान गरे सहजरूपमा मागको पूर्ति हुने अवस्था छ ।”

शनिबार पोखरामा दुई संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ९५ युनिट रगत सङ्कलन भएको छ । विशाल को–अपरेटिम संस्था लिमिटेडको कार्यक्रमबाट ६१ युनिट तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा–८ ले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ३४ युनिट सङ्कलन भएको बताइन्छ । सोसाइटीले रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणसहितको बस सञ्चालनमा ल्याएपछि बसभित्रै रक्तदान गर्ने व्यवस्था मिलाइएको छ ।

त्यसैबिच कोरोना भाईरसको आशंकामा आईसोलेसन वार्डबाट घर गएकी सुदूरपश्चिमकी सांसद फेरी सेती प्रादेशि अस्पताल भर्ना भएकी छन्। शुक्रबारदेखि सेती अस्पतालको आईसोलेसन वार्डमा रहेकी सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकुमारी थापा फेरी भर्ना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उच्च ज्वरो र रुघाखोकी लागेपछि शुक्रबार सेती अस्पताल भर्ना भएकी थापा आईतबार चिकित्सकसँग कुनै सल्लाह नै नगरी घर फर्किएकी थिईन्। उनको नमूना परिक्षणका लागि काठमाडौँ पठाईएको भएपनि अहिले सम्म रिर्पोट आएको छैन्।

थापालाई कोरोना भए/नभएको कुरा रिर्पोट आएपछि मात्र पुष्टि हुनेछ। यसअघि थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू अस्पताल भर्ना नभएको दावी गरेकी थिईन्। सञ्चार माध्यममा आफ्ना बारेमा आएका समाचार गलत भएको उनको दावी थियो।

प्रतिक्रिया