आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कञ्चनपुरको महेन्द्रनगर ‘लकडाउन’, ११ गतेदेखि गड्डाचौकी नाका बन्द

प्रकाशित
2K
SHARES

काठमान्डाै । कञ्चनपुरको गड्डाचौकी नाका ११ गतेदेखि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले उक्त निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको अध्यक्षतामा आज बसेको बैठकले गड्डौकोकी नाका ११ गते विहान ७ बजेदेखि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको बताए।

प्रशासनले आज राती १२ बजे पछि लागु हुने गरी भीमदत नगरपालिकाका दैनिक उपभोग्यका पसल, राहत उद्दार बाहेक यातायात, सम्पुर्ण बजार, पसल,ब्यवसाय, उद्योगग र कलकारखाना पनि बन्द गर्ने निर्णय गरेको छ।

कञ्चनपुर उद्योग वाणिज्य संघले भोलीदेखि अतिआवश्यक बाहेकका सबै व्यवसाय भोलीदेखि बन्द गर्ने निर्णय गरेको छ। उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले अतिआवश्यक बाहेकका सबै व्यवसाय भोलीदेखि चैत २१ गते सम्मका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिए।

मल्लका अनुसार अतिआवश्यक सेवा मुलक व्यवसाय भने खुल्ला नै रहनेछन्। मल्लले खाद्यान्न र मेडिकल सेवा बन्द नहुने दिनेश खबरलाई जानकारी दिए। महेन्द्रनगरका केही व्यवसायीले भने आज पनि स्वस्फूर्त रुपमा व्यवसाय बन्द गरेका छन्।

विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस(कोभिड–१९) को संक्रमणबाट बच्न बजार व्यवसाय बन्द गरिएको उद्योग वाणिज्य संघले जनाएको छ।

प्रतिक्रिया