आज : गते

ताजा शिर्षकहरु

चीनद्वारा काेराना भाइरस विरुद्धको पहिलो खोपको सफल परीक्षण

प्रकाशित
2.7K
SHARES

काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोपको पहिलो चरणको परीक्षण गरेको छ ।साउथ चाइना मर्निङ पोष्टका अनुसार १ सय ८ जनामा यो खोपको सफल परीक्षण गरिएको छ । खोप लगाएका मध्ये केहीलाई पखाला लाग्ने र ज्वरो आउने जस्ता साइड इफेक्ट देखिएको समाचारमा उल्लेख छ ।चीनले बिहीबार खोपको परीक्षण गरेको छ । चीन सरकारले खोपको परीक्षण गर्नुभन्दा ३ दिन अगाडि अनुमति दिएको थियो ।

चिनियाँ सेनासँगको सहकार्यमा चीनको औषधि निर्माता कम्पनी क्यानसिनो बायोलोजिक्सले खोप निर्माण गरेको जनाइएको छ ।चीनको क्लिनिकल ट्रायल रजिष्ट्रीका अनुसार खोपको परीक्षण १८ देखि ६० वर्ष उमेर समूहका मानिसमा गरिएको छ । खोपको परीक्षण गरिएका सबै मानिसको स्वास्थ्य अवस्था राम्रो रहेको साउथ चाइना मर्निङ पोष्टले समाचारमा जनाएको छ ।

उनीहरूलाई ३६ जनाको तीन समूहमा विभाजित गरिएको छ । उनीहरूलाई कम, मध्यम र उच्च डोज दिइएको छ ।साइन्स डेल्लीको रिपोर्टअनुसार चाइनिज एकेडेमी अफ इन्जिनियरिङका सहायक वाङ जुन्झी पनि यो खोपको परीक्षण गर्नेमध्येका एक हुन् । उनले परीक्षणमा सहभागी सबैजना १४ दिनसम्म मेडिकल परीक्षणको लागि क्वारेन्टाइनमा बस्ने बताएका छन् ।

सहभागीमध्ये केहीले सामाजिक सञ्जालमा आफ्नो अनुभव पनि सुनाइरहेका छन् । कम डोजको औषधि दिइएका सियाओ मी उपनाम भएकी महिलाले आफूले विना कुनै डर यो खोप परीक्षणको लागि हस्ताक्षर गरेको बताएकी छिन् ।

चीनको सामाजिक सञ्जाल वेइबोमा पोस्ट गर्दै उनले आफूलाई यो खोप दिनुभन्दा एक दिनअघि मात्र यसबारे जानकारी गराइएको बताएकी छिन् ।उनले आफूमा देखिएको साइड इफेक्ट भने निको भइसकेको बताइन् । साथै आफूलाई के भइरहेको छ भन्दा पनि आफूले समाजको लागि केही गरिरहेको छु भन्नेमा खुसी मिलेको बताइन् ।

यो परीक्षणमा सेनाका अधिकारी पनि छन् । परीक्षणमा सहभागी एक व्यक्ति लि मिङ पनि हुन् । उनकी पत्नी वाङ फेङ भर्खरै कोरोना भाइरसको संक्रमित भएर निको भएकी थिइन् ।चिनियाँ अधिकारीहरूले अहिले परीक्षण गरिएको खोपको निर्माण सही तवरबाट भएको बताएका छन् । चिनियाँ अनुसन्धान टोली यो खोपकोपरीक्षण अर्को महिनासम्ममा पूरा गर्ने लक्ष्यमा छन् । सफल भएमा त्यसको केही समयपछि नै उपचारमा प्रयोग गरिनेछ ।

क्वीन्सल्याण्ड युनिभर्सिटीका रोय हलले परीक्षण निकै छिटो सकियो भने पनि त्यसलाई व्यवसायिक रुपमा उत्पादन गर्न अझै समय लाग्ने बताउँछन् । परीक्षण शुरु भएपछि यो खोप बजारमा आइपुग्न छ देखि नौ महिनासम्म लाग्ने उनको भनाइ छ ।

प्रतिक्रिया