आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना महामारीका बेला मानवता सम्झेर घरभाडा छुट दिने घरबेटीहरु बढ्दै

प्रकाशित
4.5K
SHARES

काठमाडौं । अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपालमा पनि गम्भीर असर गरिरहेको छ । मान्छेहरुको काम बन्द भएको छ । विश्वका २३ हजार भन्दा धेरैको ज्यान लिएको कोरोना अहिले पनि ३ लाख भन्दा धेरैमा संक्रमित भएको छ । नेपालमा नदेखिएको भए पनि ठुक्क भएर बस्ने अवस्था भने छैन । नेपाल लगायत विश्वका १८८ देशहरुमा पाइला गाडेको कोरोना अझ फैलँदो क्रममा रहेको छ । यो बीचमा अहिले मानवियता देखाउँदै एक अर्काले सहयोग गरिरहेका छन् । अहिले विशेष गरेर घरभाडा छुट दिने भन्ने कुरा चर्चामा रहेको छ ।

मकवानपुर एक व्यवसायीले तीन महिनाको भाडा मिनाह गर्ने बताएपछि अहिले अरुले पनि यसै गर्न थालेका छन् । मकवानपुरको चित्लाङका हरिहर लामिछानेले ठुलो उद्घोष गर्नुभएको छ । आफ्नो घरमा बहालमा बस्नेहरुको ३ महिनाको घरभाडा नलिने घोषणा गर्नुभएको हो । उहाँको काठमाडौं कलंकीमा रहेको घरमा बहालमा ४ परिवार बस्दै आएको छ । लामिछानेले चैत, बैशाख र जेठको भाडा नलिने हुनु भएको छ । यो बीचमा ललितपुरको ग्वार्कोस्थित आफ्नो घरमा भाडामा बस्नेहरुका लागि सुष्मा राईलेले १ महिनाको भाडा नलिने घोषणा गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गर्नुभएको हो । गैर आवासीय नेपाली संघ (एनआरएनए) कि पूर्व आइसिसि सदस्य राईले कोरोनाका कारण पर्न गएको आर्थिक मन्दीलाइ ध्यान दिई एक महिनाको भाडा नलिने निर्णय गरेको बताउनुभयो । आफुले एक महिनाको भाडा नलिने भन्दै सवै मिलेर कोरोनाबिरुद्ध लडनुपर्ने बताउनुभयो । राईका अनुसार त्रास फैलिएको बेलामा मानवीय सहयोग गर्नु सबैको कतव्य हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै राजपत्रमा प्रकाशित अत्यावश्यकबाहेकका सेवाहरु बन्द गर्ने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न आग्रह गर्नुभएको छ । यसअअघि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) सहित विश्‍वविद्यालयका सबै परीक्षा स्थगित गरेको छ । वैशाख ३ गतेसम्म कोरोना प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउने पनि निर्णय गरेको छ । त्यस्तै २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन र वैशाख १८ गतेसम्म सिनेमा घर, रंगशाला, जिम, डान्स बार तथा क्लबहरु पनि बन्द गर्न सरकारले निर्देशन दिएको छ ।

 

प्रतिक्रिया