आज : गते

ताजा शिर्षकहरु

कोरोना आशंकामा सुदूरपश्चिमकी महिला सांसद अस्पताल भर्ना

प्रकाशित
1.6K
SHARES

काठमान्डाै ।  कोरोनाको संक्रमण भएको आशंकामा सुदूरपश्चिमकी एक महिला सांसद अस्पताल भर्ना भएकी छन्। रुघाखोकी र ज्वरोको संक्रमणपछि सुदूरपश्चिम प्रदेशसभाकी सदस्य सेती प्रादेशिक अस्पताल भर्ना भएको बताईएको छ।

अस्पतालको इर्मजेन्सी विभाग प्रमुख डाक्टर जगदिश प्रसाद जोशीले प्रदेशसभा सदस्यलाई ज्वरोको संक्रमण देखिएपछि आईसोलेसन वार्डमा राखिएको पुष्टि गरे। तर ती सांसदको नाम भने खुलाईएको छैन्।उनको नमूना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाईएको डाक्टर जोशीले बताए। तर रिर्पोट आएको छैन्।

त्यसैबिच अहिले कोरोना भाइरसका कारण आइसोलेसन र क्वारेन्टाइन शब्द निकै चर्चित बन्दै गएको छ। सरकारले पटक पटक आफैं आइसोलेसनमा बसेर कोरोनाको सम्भावित संकट टार्नको लागि नागरिकहरुलाई आग्रह गर्दै आएको छ।आफूलाई अरुसँग अलग राख्नु नै आइसोलेसन हो। यसको नेपाली नाम एकान्तबास हो।

सम्भावित संकटको समयमा अरुभन्दा भिन्न बसेर आफ्नो सुरक्षाको ख्याल राख्ने चलन धेरै पहिलेदेखि नै नेपाली संस्कारमा चल्दै आएको पाइन्छ। मानिसको जन्म देखि मृत्युसम्मको समयमा गरिने विविध संस्कारहरु हुन्छन्। ती संस्कारहरुमा संवेदनशील मानिएको अवस्थामा सेल्फ आइसोलेसनमा राख्ने प्रचलन समेत धेरै पहिलेदेखि चल्दै आएको हो।

नेपाली संस्कार अनुसार कुनै पनि मानिस जन्मिँदा ११ दिनसम्म सुत्केरी महिला र बच्चाहरुलाई आइसोलेसनमा राख्ने गरिन्छ। जुन सुत्केरी घरभित्र राखिन्छ। जहाँ खाना र अरु स्याहारको लागि सीमित बाहेक अरु मान्छेलाई जान दिईँदैन।

त्यहाँ जाने मान्छेले पनि सरसफाईमा विशेष ध्यान दिनुपर्ने हुन्छ। जन्मको समयमा आइसोलेसन (एकान्तबास)मा नराख्ने हो भने आमा र बच्चाको स्वास्थ्यमा समेत समस्या हुने भएकोले एकान्तबासबाट ११ दिन वा न्वारन नभएसम्म बाहिर ननिकाल्ने नेपाली संस्कार हो।

यो संस्कार अनुसार सुत्केरीहरुको विशेष ख्याल राखिन्छ। सफा र सुरक्षित ठाउँमा सुत्केरी कोठा राख्ने गरिन्छ। यो समयमा विशेष पौष्टिकता युक्त खानेकुराको व्यवस्था समेत गरिन्छ। त्यस्तै, मृत्यु संस्कारको समयमा समेत आइसोलेसनमा राख्ने नेपाली संस्कृति रहेको छ।

१३ दिनसम्म किरियापुत्रीलाई कसैले पनि छुनु हुँदैन भन्ने मान्यता पनि नेपाली संस्कारमा पाउने गरिन्छ। शवयात्रामा गएका मलामीहरुलाई घर फर्किएपछि एक दिनसम्म कसैलाई पनि छुन नहुने भन्दै सेल्फ आइसोलेसनमा राख्ने गरिन्छ।

किरियापुत्रीहरुलाई १३ दिनसम्म वा नचोखिएसम्मको लागि भनेर आइसोलेसनमा राख्ने गरिन्छ। यो पनि एउटा आइसोलेनसन वा एकान्तवासको उदाहरण हो। यसका बाहेक पनि जन्म र मृत्युको बीचमा विभिन्न किसिमका संस्कारहरु छन् जहाँ हामीहरु आफैं आइसोलेसनमा बस्नुपर्ने हुन्छ।

प्रतिक्रिया