आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतमा कोरोनाको आँधी बेहरी आउँने भन्दै विज्ञले दिए यस्तो डरलाग्दो चेतावनी

प्रकाशित
2.4K
SHARES

काठमाडौं । विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोनाको असर भारतमा पनि देखा पर्न थालेको छ । भारतमा अहिलेसम्मको ताजा जानकारी अनुसार ५ जनाको ज्यान गएको छ । विश्वमा १३ हजार भन्दा धेरैको ज्यान गएको छ । विश्वका १८८ देशहरुमा पुगेको भाइरसका कारण संक्रमित भएकाहरुको संख्या ३ लाख भन्दा धेरै रहेको छ । यो बीचमा विश्वको दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको भारतमा अहिलेसम्म ३३२ संक्रमित भेटिएका छन् । अहिले बाहिर आएको जानकारी निकै डरलाग्दो रहेको छ ।

स्वास्थ्य विशेषज्ञहरुले भारतमा कोरोना भाइरसको सुनामी (आँधी) आउने निश्चितजस्तै रहेको खुलाएका छन् । कोरोनाविरुद्ध लड्ने तयारी पूरा गर्न सरकारलाई उनीहरुलाई सुझाएका छन् । भारतको सेन्टर फर डिजिज डायनामिक्सका निर्देशक डा.रामानन लक्ष्मीनारायणले बीबीसीसँग कुरा गर्दै यस्तो खुलासा गरेका हुन् ।

उनले भारत कोरोना भाइरसको सुनामीसँग लड्न तयार भएर बस्नुपर्ने उल्लेख गरेका छन् । उनले भने, ‘यसमा कुनै सन्देह छैन कि भारतमा कोरोना संक्रमण अझै द्रुत गतिमा बढ्नेछ ।’ रामानननले विश्वका अन्य मुलुकको तुलनामा भारतमा कोरोना संक्रमणको असर कम हुने कुनै संकेत नदेखिएको समेत उल्लेख गरेका छन् ।

उनले भने,‘बाँकी देशको तुलनामा यहाँ केही कम संक्रमण र क्षति देखिएको छ, तर स्पेन र चीनजस्ता मुलुकमा जसरी ठूलो संख्यामा मानिसहरु संक्रमणको चपेटामा आए, यहाँ त्यस्तै हालत बन्ने जोखिम छ, हामीले कोरोनाको सुनामीसँग जुध्न तयार भएर बस्नैपर्छ।’

भारतमा किन कोरोना संक्रमितको संख्या नियन्त्रणमै छ भन्ने कुरामा पनि उनले शंका व्यक्त गरेका छन् । उनका अनुसार भारतमात्रै नभई विश्वमै मानिसहरुलाई कोरोना संक्रमण भए–नभएको एकीन गर्न निकै कम संख्यामा परीक्षण भइरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८३ जनामा कोरोना संक्रमण भेटिएको छ ।

झण्डै १ अर्ब ३८ करोड जनसंख्या रहेको र स्वास्थ्य सजगतामा निकै कमजोर मानिने भारतमा सरकारी तयारीले मात्रै संक्रमण रोकथाम हुने सम्भावना छैन । विकसित मानिने देशहरुमा समेत कोरोनाका कारण सैयौं व्यक्तिहरुले ज्यान गुमाइसकेका छन् । विश्वभर कोरोनाको फैलावटलाई विश्लेषण गर्दा अब भारत नै कोरोना भाइरसको ठूलो शिकार हुने विशेषज्ञहरुले बताइरहेका छन् ।

प्रतिक्रिया