आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना भाइरस बारे फैलिदैछ काल्पनिक र झुटा सुचना, सत्य के हो ?

प्रकाशित
3.4K
SHARES

काठमाडौँ । कोभिड-१९ अर्थात् कोरोना भाइरसको आतंक विश्वमा फैलिसकेको छ । त्यसैले पनि उक्त भाइरस संक्रमणको बारेमा मित्था खबर, झुटो दावा, षडयन्त्रका सिद्धान्तहरू र गलत सूचना पनि फैलिरहेका छन् ।विश्व स्वास्थ्य संगठनले व्यापक रुपमा फैलिएको गलत सूचनालाई महामारीको संज्ञा दिंदै यसलाई “इन्फोडेमिक” भनेको छ ।विश्व स्वास्थ्य संगठनले सहि सूचना दिन टिकटकको माध्यम रोजेको छ तर अनलाइन र मुख्य संचारमाध्यमा मित्था खबर अझै पनि फैलिरहेको छ ।सामजिक संजालको माध्यमबाट भने सहि सूचना दिनको लागी गलत र

मनासिलाई झुक्याउने खबर हटाउन थालिएको छ ।कोरोना भाइरस, के हो सत्य ? झुट : कोरोना भाइरस मानिसले बनाएको हो । वास्तविकता: इन्टरनेटमा भएको सबै कुरा विश्वास गर्नु हुँदैन । कोरोना भाइरस पूर्ण रुपमा स्वास्थ्य संकट बनिसकेको छ र यसको बारेमा, संक्रमण कसरी शुरुवात भयो भन्ने कुराको अनलाइनमा थुप्रै कुरा रहेको छ, जस्तै, भाइरस प्राकृतिक रुपमा देखापरेको होइन र यो ल्याबमा बनाइएको हो ।

शुरुवातको चरणमा यस्तो हल्ला आधिकारिक रुपमा दर्ता नभएका सामाजिक संजालका माध्यमबाट व्यापक रुपमा फैलिन थाल्यो र समय संगै कोरोना भाइरस जस्तै यस गलत सूचनाको संक्रमण झन् ठुलो बन्दै गयो ।

कोरोना भाइरस बायो-वेपन मतलव हतियारको रुपमा चीनले गोप्य रुपमा रचना गरेको भाइरस हो भन्ने हल्ला चीन भन्दा बाहिर प्रख्यात भएको छ । तर चीनको राष्ट्रिय भूभागमा भने सामजिक संजालको माध्यमबाट उक्त भाइरस अमेरिकाबाट चीनमा फैलिएको भन्ने हल्ला प्रख्यात छ । हल्लाका अनुसार कोभिड-१९ भाइरसले थुप्रै अमेरिकन सैनिकको मृत्यु भएको छ भन्ने पनि छ ।

तर वैज्ञानिकहरुले भने दुवै चीन र पश्चिमको कुरालाई गलत प्रमाणित गरेको छ । अझै पनि यस गलत धारणा बढिरहेको छ ।विशषज्ञहरु यस भाइरसको श्रोत पत्ता लगाउन लागिपरेका छन् र अनुसन्धानको अनुसार यो चमेरोबाट फैलिएको हुनसक्ने अनुमान गरिएको छ ।झुट: घरेलु उपचार र उपायबाट भाइरस संक्रमण रोकिन्छ ।

वास्तविकता: लशुन, पानी र भिटामिन-सि स्वास्थ्यको लागी फाइदाजनक हुन्छ, तर सामाजिक संजालमा भएको तथ्य बाहेक लशुन खादा, हरेक १५ मिनेटमा तातोपानि पिउदा वा भिटामिन सि खादा कोरोना भाइरसबाट बच्न सकिन्छ भन्ने कुरा प्रमाणित भएको छैन ।कुनै प्रकारको तेल अथवा कुनै पौराणिक उपचार पद्धतिको सहयताले भाइरस संक्रमण रोकिदैन । सामाजिक संजालमा भएको पोष्ट जस्तै, जैतुनको तेल लगाउदा वा शरीरमा रक्सि वा क्लोरिन छार्किदा भाइरस मर्ने दावा गरिएको छ जुन पुरै गलत हो ।

कतिपय रसायनिक किटाणुनाशक जसतै ब्लिच , ७५ प्रतिशत इथानल, प्यारासेटिक एसिड र क्लोरोफर्मले सतहमा रहेको भाइरस मर्छ तर यदि शारिर भित्र नै भाइरस संक्रमण भइसकेको छ भने यसले केहि काम गर्दैन ।शरीरको त्वचामा यस्तो पदार्थ दल्ने तथा नाकको मुनि लगाउदा भाइरस मर्दैन बरु यस्तो रसायनिक पदार्थ निकै खतरनाक हुने गर्दछ ।

अहिले कोरोना भाइरसको कुनै उपचार पत्ता लागेको छैन र अनुसन्धान भइरहेको छ । यसको खोप पत्ता लगाउन कम्तिमा पनि एक वर्ष लाग्ने वैज्ञानिकहरुको भनाइ रहेको छ ।यसबाट बच्नको लागी चिसो मौसममा रुघा-खोकीबाट बच्न गरिने सामान्य सतर्कता अपनाउनु पर्छ जस्तै कि संक्रमण भएको व्यक्ति भन्दा तीन फिटको दुरीमा बस्ने, साबुनपानिले २० सेकेन्ड सम्म हात धुनुपर्छ , हाछ्यु गर्दा र खोक्दा मुख छोप्ने आफुले

प्रयोग गरेको टिस्यु व्यवस्थित रुपमा फाल्ने र आफुले छोएको सामान तुरुन्तै किटाणुरहित बनाउने गर्नुपर्दछ ।यदि लक्षण अझै खराब बन्दै गयो भने र सामान्य रुघा बन्दा धेरै भयो भने तुरुन्त जचाउन अस्पताल जानुपर्छ ।झुट : भाइरसलाई रोक्न माक्स लगाउनु पर्छ ।वास्तविकता : सिडिसीको अनुसार केहि नभएको व्यक्तिलाई माक्स लागाउनुपर्ने कुनै आवस्यकता छैन ।माक्सले कोरोना भाइरस संक्रमण रोक्न सक्दैन तर माक्स लगाउदा कोरोना भाइरसबाट बच्न सकिन्छ भन्ने सोचले बजारमा माक्सको खरिद-संख्या बढेको छ, मुल्य वृद्धिसंगै भविष्यमा माक्सको अभाव समेत भएको छ ।

अमेरिकी चिकित्सक जेरेमी एडम्स भन्छन्, माक्स राम्रोसंग सहि तरिकाले लगाइएन भने उल्टो संक्रमण सर्न सक्ने खतरा बढी हुन्छ । कोरोना भाइरस संक्रमण भएकाले अरु मानिसलाई भाइरस संक्रमण हुन नदिन माक्स लगाउनुपर्छ ।माक्स लगाउनु पर्ने व्यक्तिहरुमा स्वास्थ्यकर्मी र संक्रमण भएका व्यक्तिको हेरचाह गर्ने व्यक्ति वा भाइरसको बारेमा काम गर्ने मानिस पर्दछ्न् ।अनावस्यक रुपमा माक्स किन्दा बजारमा माक्सको अभाव बढ्न सक्छ र मुल्यवृद्धि पनि हुन्छ जसले गर्दा स्वास्थ्यकर्मीले माक्स पाउदैनन् र पुरै समुदाय पनि खतरामा पर्नसक्छ ।झुट : तातोले भाइरस मार्न सक्छ वास्तविकता: विश्व स्वाथ्य संगठनको अनुसार हात सुकाउने ड्रायरले भाइरस मार्न सक्दैन, हातमा भएको किटाणु मार्न युभी ल्याम्प प्रयोग गर्दा छालाको अवस्था झन् धेरै खराब हुने गर्दछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च तापक्रममा भाइरस मर्ने दाबि गरेका छन् उनले गर्मी लाग्ने बित्तिकै भाइरस कम हुने बताएका थिए तर स्वास्थ्य विशषज्ञले यस्तो हुने कुनै सम्भावना नरहेको बताएका छन् ।झुट : कोरोना भाइरस इ-मेल फैलिन सक्छ ।वास्तविकता: इ-मेलबाट भाइरस फैलिदैन, विश्व स्वास्थ्य संगठनको अनुसार चीनबाट आएको कुनै सामानबाट भाइरस सर्दैन । अनुसन्धानकर्ता भाइरस कसरी संक्रमण हुन्छ भन्ने कुरा पत्ता लगाउदै छन् र पहिला भएको भाइरस संक्रमणको अवस्था हेर्दा कुनै पनि वस्तु वा सतहमा भाइरस धेरै समय जीवित बस्न नसक्ने पत्ता लागेको छ ।

झुट : बच्चालाई भाइरस संक्रमण हुँदैनवास्तविकता: जो कोहिलाई पनि भाइरस संक्रमण हुन सक्ने सम्भावना उत्तिकै हुन्छ तर धेरै उमेरका र दिर्घ रोगका बिरामीहरुलाई यस भाइरस संक्रमण सजिलै हुन सक्छ ।तर संक्रमणको केस हेर्दा युवा र बालबालिका पनि भाइरस संक्रमित भएका छन् ।

झुट : कोरोना भाइरस लागेपछि मृत्यु हुन्छ । वास्तविकता : भाइरस संक्रमणको तथ्यांक अनुसार केवल दुई प्रतिशत मानिसको मात्र मृत्यु भएको छ र स्वास्थ्य अधिकारीहरुको अनुसार यो घट्दै जाने देखिन्छ ।

भाइरस संक्रमण भएका व्यक्तिमा शुरुमा हल्का ज्वोरो देखिन्छ र रुघा-खोकी जस्तै पछि स्वासप्रस्वासमा समस्या हुन थाल्छ ।लक्षणहरु जस्तै, नाकबाट पानी बग्नु, खोकी लाग्नु, घाँटी दुख्नु, टाउको दुख्नु र धेरै दिन सम्म ज्वोरो आउनु पर्दछ ।प्रायजसो लक्षण आफै ठिक हुँदै जाने गर्दछ ।रोग बढ्दै जाने र पछि अवस्था खराब हुँदै जान्छ तर यस्तो अवस्था कम मात्र हुने गर्दछ ।

कमजोर रोगप्रतोरोधात्मक क्षमता भएका व्यक्ति हरुको लागि , बृद्ध वा सानो बालबालिकामा संक्रमण हुने सम्भावना बढी हुन्छ ।अवस्था गम्भीर हुँदै गयो भने स्वासप्रस्वासमा समस्या हुनुको साथै निमुनिया वा ब्रोन्काइटिस हुन्छ ।हजारौं भाइरस संक्रमित व्यक्तिमा भाइरस संक्रमण रोक्न अधिकारीहरु संक्रमण रोक्न प्रयासरत छन् तर दुई प्रतिशत मृत्युदर पनि चिन्ताजनक रहेको छ ।

प्रतिक्रिया