आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

त्रिविले पनि भर्खँरै गर्‍यो परीक्षा स्थगित गर्ने निर्णय

प्रकाशित
1.3K
SHARES
????????????????????????????????????

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा र नियमित कक्षाहरू चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको छ ।

सरकारले बुधबार एसइईलगायत विश्वविद्यालयका परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयपछि बिहीबार बसेको परिषद्को बैठकले सबै परीक्षाालगायत पठनपाठन बन्द गर्ने, विश्वविद्यालयलाई कुनै पनि क्रियाकलाप चैत मसान्तसम्म नगर्ने र नगराउने निर्णय भएको त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले बताए ।

त्रिविमा अहिले व्यवस्थापन संकायको स्नातकोत्तर तह दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेको थियो  । त्यस्तै, एमए चौथो सेमेस्टरको ७ चैतदेखि र दोस्रो सेमेस्टरको ९ चैतदेखि परीक्षा सञ्चालन हुने तालिका थियो ।

उपप्रधान तथा रक्षामन्त्री बुधबार दिउसो बसेको कोभिड–१९ (कोरोना भाइरस) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय नियन्त्रण समितिको बैठकले भोलिदेखि सुरु हुने एसइई परीक्षा सुरक्षित रुपमा सम्पन्न गर्ने निर्णय गर्यो ।

बैठकको १५ बुँदे निर्णयको १२ औँ बुँदामा स्पष्टरुपमा भनिएको छ, ‘२०७६ चैत्र ६ देखि सञ्चालन हुन गइरहेको एसइई परीक्षा प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने । तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुका पठनपाठन २०७६ चैत्र मसान्तसम्मका लागि बन्द गर्ने ।’

आफू नेतृत्वको उच्चस्तरीय समन्वय समितिबाट यस्तो निर्णय गराएका उपप्रधानमन्त्री पोखरेलले बुधबार साँझ फोनमार्फत् सञ्चारमाध्यमहरुलाई जानकारी दिए, ‘सरकारले भोलिदेखि सुरु हुने भनिएको एसइई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।’

खासमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा केन्द्रीय सचिवालयले बैठकले एसइई परीक्षा स्थगित गर्नु उपयुक्त हुने सुझाव दिएपछि पार्टीको सचिवालय सदस्य रहेका उपप्रधानमन्त्री पोखरेलले सरकारले एसइई परीक्षा स्थगित गर्ने निर्णय गरेको जानकारी गराएका थिए ।

‘एसइई परीक्षा स्थगित गर्ने निर्णय पार्टीले होइन सरकारले गर्ने हो’ नेकपा सचिवालयका एक सदस्यले नयाँ पत्रिकासँग भने, ‘त्यसैले पार्टीले परीक्षा स्थगित गर्दा उपयुक्त हुने सुझाव दिएपछि उपप्रधानमन्त्रीले स्थगित भएको जानकारी सञ्चारमाध्यमलाई गराइएको हो ।’

प्रतिक्रिया