आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना भाइरसले विश्व नै आ’तं’कि’त भएका बेला तरकारीको मूल्य आकाशियो

प्रकाशित
1.4K
SHARES

काठमान्डाै । कोरोनाले विश्व नै आतंकित भएका बेला छिमेकी मुलुक भारतमा पनि संक्रमण बढ्दै गएको छ। कोरोनाको संक्रमण नेपालमा भित्रिन नदिन साना नाकाहरु बन्द गरिएका छन्। तर गौरीफन्टा र गड्डाचौकी नाकामा समेत आवागमन बन्द भएको हल्ला फैलाउँदै धनगढी र आसपासका बजारहरुमा तरकारीको मूल्य बृद्धि गरिएको छ। एकसातामै अधिकासं तरकारीको मूल्य दोब्बरले बृद्धि भएको धनगढीका स्थानीय रमेश भट्टले बताए। ‘नाका बन्दको हल्लाले तरकारीको मूल्य आकाशिएको छ। सरोकारवाला निकाय मौन बसेका छन्।‘ उनले भने।

आजभन्दा तीन÷चार दिन अगाडी मात्रै टमाटर प्रतिकिलोको ४० रुपैँया थियो। तर अहिले दोब्बरले बढेर प्रतिकिलोको ८० रुपैँया पुगेको छ। यस्तै ५० रुपैँया किलो काउलीको मूल्य बृद्धि भएर एक सय पुगेको छ भने ८० रुपैँयामा पाईने हरियो खुर्सानीको मूल्य पनि बढेर प्रतिकिलोको एक सय ५० पुगेको छ। स्थानीय कृषि उपजको पनि मूल्य बृद्धि भएको गुनासो गरिएको छ। अहिलेकै सिजनमा उपलब्ध हुने तरकारीहरुको समेत अभाव देखिएको अत्तिरिया कृषि उपज थोक बजार समितिका अध्यक्ष नन्दलाल भट्टले बताए।

‘अहिले अधिकासं तरकारी भारत बाट आयात भईरहेको छ, स्थानीय उत्पादन निकै कम छ’ उनले भने, ‘अभाव देखाएर व्यपारीहरु महङ्गोमा विक्रिगर्ने गर्दछन्।’ नाका बन्दको हल्ला फैलाएर तरकारीको मूल्य दोब्बरले बृद्धिहुदै गएपनि सरोकारवाला निकाय वेखबर छन्। जिल्लास्थित सयुक्त बजार अनुगममन समितिले पटक–पटक अनुगमन त गरेको छ तर तरकारीमा नियमन राखिएको छैन्।

तर पनि गुनासोका आधारमा बजार अनुगम गरिने भएपनि मूल्यबृद्धिको प्रमाण भेटाउन मुस्कील हुने गरेको वाणिज्य कार्यालय कैलालीका प्रमुख कमल पुनमगरले बताए। ‘बजार अनुगमनको क्रममा मुल्यबृद्धि गरेको भेटाउन समस्या हुन्छ,’ उनले भने, ‘उपभोत्ताहरु विल माग्दैनन्, त्यसकारण मुल्यबृद्धि गर्ने व्यापारीलाई कारवाही गर्न समस्या भईरहेको छ।’

पछिल्लो समय नेपाली बजारमा खाद्य, तरकारी तथा दैनिक उपभोग्य बस्तुहरुको मूल्य आकाशिएको पाइएको छ। राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको ११ महिनामा खाद्य, तरकारी तथा पेय पदार्थको मूल्य वृद्धि भएको देखाएको हो ।

बैंकले जारी गरेको उक्त तथ्यांक अनुसार उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि २.१ प्रतिशतले बढेर ६.२ प्रतिशत पुगेको छ। गत आवको ११ महिनाको तथ्यांकअनुसार २०७६ जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति यस्तो देखिएको हो।तर, अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.१ प्रतिशत रहेको थियो।

खाद्यान्नको मूल्य ५ दशमलव ६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । समग्रमा अघिल्लो जेठको तुलनामा गएको जेठमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ६.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ३.० प्रतिशत रहेको थियो। नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया