आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

इटलीमा ८० वर्ष उमेर पुगेका कोरोना सं’क्र’मि’तलाई सरकारले उपचार नगर्ने

प्रकाशित
4K
SHARES

काठमाडौं । विश्वभर ड’र’ला’ग्दो रुपमा देखिएको कोरोना संक्रमणले हैरान भएको इटलीमा अर्को विपत आइलागेको छ । यो बीचमा कोरोना रोक्न इटली सरकारले कारागारमा रहेका कैदीबन्दीहरुलाई उनीहरुका आफन्तजनसंग भेट गर्न रोक लगाएपछि भडकिएको दंगामा ९ जनाको मृ’त्यु भएको जानकारी आएको छ ।इटलीको मोडेना, नेपल्स, पोगिओरेले, फोगिया र रिएती गरी २० वटा कारागारमा दंगा हुँदा ९ जना

कैदीहरुको ज्यान गएको हो । इटली सरकारले कैदीबन्दीलाई कोरोना भाइरसबाट जोगाउन वेवास्ता गरेको र परिवारजनसँग पनि भेट गर्न नदिएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले कारागारको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई आ क्रम ण गर्नुका साथै केही कर्मचारीलाई बन्दी बनाएका छन् । कैदीहरुले कारागारमा रहेका फर्निचरहरु जलाउनु साथै क्यान्टिनमा पनि आगजनी गरेका छन् ।

इटलीमा कुल ३५ हजार ७१३ संक्रमित हुँदा २ हजार ९७८ जनाको ज्यान गएको छ । बाँकी ४ हजार २५ जना ठिक भएका छन्, भने २८ हजार ७१० जना उपचार गराइरहेका छन् । इटलीमा ८० वर्ष भन्दा माथि उमेरका मानिसहरुलाई म’र्न दिन भनिएको छ । त्यहाँको सरकारले मर्ने उमेर पुगेकाहरुलाई उपचार नगर्ने बताएको समाचार बाहिर आएको छ ।

त्यसैबिच  छिमेकी मुलुक भारतमा कोरोना सं क्र मितको संख्या बढ्न थालेपछि नेपालमा ख त रा पनि बढेको छ । भारतसंग खुला सिमाना रहेको भारतमा निर्वाध रुपमा मानिसहरुको आवागमन हुने गरेको छ । जसका कारण नेपालमा पनि कोरोना भित्रन सक्ने ख त रा वढेको हो ।

मंगलवार केरलामा आठ, कर्नाटक र पूणेमा तीन तीन नयाँ सं क्र मि तहरु भेटिएका छन् । भारतमा दिनहुँ सं क्र मित को संख्या बढ्न थालेपछि अहिले सतर्कता अपनाउन थालिएको छ ।

मंगलवार थपिएका सं क्र मित संगै भारतमा कोरोना सं क्र मित को संख्या ६२ पुगेको छ । संख्या बढ्न थालेपछि भारतमा पनि मानिसको भिडभाड हुने स्थानमा नजान सर्वसाधारणलाई अपिल गरिएको छ । विद्यार्थीहरुवाट कोरोना फैलन सक्ने भन्दै धेरै जसो शैक्षिक संस्था बन्द गरिएको छ । त्यस्तै सं क्र मणको जोखिम हुने डरले सिनेमाघर पनि बन्द गरिएको छ ।

त्यस्तै कर्नाटकका स्वास्थ्यमन्त्री बी श्रीरामुलूले कोरोना भाइरसका तीन जना सं क्र मि त भेटिएपछि तिनीहरुको सम्पर्कमा रहेका अन्य धेरैलाई पनि सं क्र म ण भएको हुनसक्ने र ति सबैको स्वास्थ्य परीक्षण गरी अलग राख्न सुझाव दिएका छन् ।

विश्वव्यापी फैलिएको कोरोनाले अहिले सम्म ४ हजार बढीको ज्यान लिइसकेको छ । चीनको वुहानवाट सुरु भएको कारोना चीनमा नि य न्त्रण मा आउन लागेको छ भने अन्य मुलुकमा फैलने क्रम तिब्र छ ।

प्रतिक्रिया