आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोनाको आशंका गरिएका विरामीले अस्पतालमै गरे आत्महत्या

प्रकाशित
1.4K
SHARES

काठमाडौं । कोरोना संक्रमणको आशंका गरिएका एक व्यक्तिले आत्मा हत्या गरेका छन । संक्रमणको आशंकापछि ३५ वर्षीय युवकले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आत्महत्या गर्नेको परिचय खुलाइएको छैन । र, उनले किन यस्तो बाटो रोजे भन्ने पनि स्पष्ट छैन ।

यद्यपि, कोरोनाको तनावले ती बिरामीले यस्तो निर्णय लिएको हुनसक्ने आशंका गरिएको छ । टाइम्स अफ इन्डियाका अनुसार, ती युवक अस्ट्रेलियाको सिड्नीबाट हालै फर्किएका थिए । दिल्ली एयरपोर्टमा स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमणको आशंकामा अस्पताल लगिएको थियो ।

ती विरामीले भारतको राजधानी दिल्ली स्थित सफदरजंग अस्पतालको भवनबाट हाम्फालेर आत्महत्या गरेका हुन । उनी अस्पतालको आइसोलेसन वार्डमा राखिएका थिए । नमूना संकलन गरेर परीक्षणका लागि पठाइए पनि रिपोर्ट नआउँदै आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यस्तै उता अमेरिकामा कोरोना भाइरसका कारण १५१ जनाको मृत्यु भएको छ । बुधबारमात्रै ४२ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ९२६९ पुगेको छ । अमेरिकामा मंगलबारमात्रै २८५८ जना नयाँ केशहरु देखिएका छन् । यति धेरै जना संक्रमित देखिएको यो पहिलो घटना हो ।

पछिल्लो समय अमेरिकामा भयावह स्थिति देखिएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकाका सबै ५० राज्यमा फैलिएको छ । भाइरसलाई हलुका रुपमा लिदाँ अमेरिकाले यो नियती भोगेको विज्ञहरुले बताएका छन् ।

अमेरिकामा मंगलबारको रिपोर्टले सरकारलाई थप दबाब र चुनौती थपिएको मिडिया रिपोर्टमा उल्लेख छ । अमेरिकी सरकारले आफ्ना नागरिकलाई एक हजार डलरको चेक पठाउने तयारी भइरहेको बताएको छ ।

आइतबार बसेको एक बैठकले अमेरिकाले सम्पुर्ण अमेरिकन जसले बिमा गरेका छन् उनीहरुले निशुल्क कोरोना परीक्षण गर्न पाउने निर्णय गरिसकेको छ । सरकारले धैर्य रहन आग्रह गरे पनि विज्ञहरुले स्थिति झन् खतरनाक हुँदै गएको बताउँदै आइरहेका छन् ।

प्रतिक्रिया