आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौंका यी ठाउँहरुमा दैनिक ८ घण्टा लोडसेडिङ हुने

प्रकाशित
3K
SHARES

काठमाडौं । कोरोनको पिडा झेल्दै आएको काठमाडौं केही स्थानमा २ दिनसम्म ७ घण्टासम्म लोडसेडिङ हुने जानकारी दिइएको छ । जोरपाटी वितरण केन्द्रको गोठाटार फिडर स्तरोन्नति गरिरहेकाले फोर्स पार्क, वीरेन्द्र चोक, गान्धी मोड, हात्ती डाँडा र विमानस्थाल आसपास बिहान ९ देखि दिउँसो ४ बजेसम्म बिद्युत नहुने विद्युत प्राधिकरणले बताएको छ । यी स्थानमा शुक्रबारसम्म विद्युत कटौती हुनेछ ।

यस्तै ललितपुरका केही स्थानमा बिहीबार र शनिबार आठ घण्टा बत्ती जाने प्राधिकरणले जानकारी दिएको छ । पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरित ११ केभी लाइनको स्तरोन्नति गर्नुपर्ने भएकोले बिहीबार र शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बिद्युत कटौती हुने प्राधिकरणले जनाएको छ । बिहीबार र शनिबार चुनिखेल, छम्पी, सल्यानटार, इटाहिटी, कामी डाँडा, टिकाभैरव, देवीचौर, बुरुङ्गचुली लगायतका स्थानमा बिद्युत कटौती हुनेछ ।

आगामी हिउँदमा मुलुकमा लोडसेडिङ हुने सम्भावना बढेको छ। नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

बिजुलीको किफायती प्रयोगका लागि कार्यान्वयनमा ल्याउन लागिएको ऊर्जा दक्षता कार्यक्रम, २५ मेगावाटको ग्रिड सोलार कार्यक्रम रोकिएका छन्। भारतबाट थप बिजुली आयातका लागि आवश्यक ढल्केबर सबस्टेसनको कामसमेत रोकिएको छ। यसले गर्दा हिउँदमा लोडसेडिङ हुने सम्भावना देखिएको हो। ‘वार्षिक रूपमा बिजुलीको माग करिब दुई सय मेगावाट बढिरहेको छ, तर त्यस अनुपातमा विद्युत् उत्पादन बढेको छैन,’ घिसिङले भने, ‘अहिलेकै जस्तो अवस्था रहने हो भने यस वर्षको हिउँदमा लोडसेडिङ गर्नुपर्ने अवस्था छ।’

प्राधिकरणले यस वर्ष बिजुलीको माग एक हजार सात सय ४२ मेगावाट पुग्ने प्रक्षेपण गरेको छ। तर, बिजुलीको आपूर्ति भने अहिलेको संरचनाबाट भारतबाट आयातसहित १ हजार मेगावाटको हाराहारीमा मात्रै हुने अनुमान गरिएको छ। अर्थात् झन्डै सात सय मेगावाटको लोडसेडिङ गर्नुपर्ने अवस्था छ।

प्रतिक्रिया