आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कम्तिमा एक महिना भएपनि मासु र रक्सिमा प्रतिबन्ध लगाउन माग

प्रकाशित
9.4K
SHARES

काठमाडौं। काँग्रेसका सांसद तेजुलाल चौधरीले कम्तिमा एक महिना भएपनि मासु र रक्सिमा प्रतिबन्ध लगाउन माग गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा गगन थापाले पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै उनले यस्तो माग गरेका हुन् ।

‘एक महिनाको लागि सरकारले देशलाई शाकाहारी घोषणा गरोस्, त्यतिमात्रै होइन सरकारले एक महिनाका लागि रक्सीमुक्त देश बनाओस् । सरकारलाई यहि आग्रह गर्न चाहन्छ’, चौधरीको माग छ । चौधरी छाया सरकारका कृषि मन्त्री समेत हुन् ।

नेपाली कांग्रेसले सरकारको निगरानीका लागि छाया सरकार गठन गरेको हो । केन्द्रदेखि स्थानीयतहसम्म इमान्दार प्रतिपक्षको भूमिका इमान्दारितापूर्वक गर्ने बताउँदै कांग्रेसले छाया सरकार गठन गरेको हो ।

दैलेखको पश्चिम आठबिस नगरपालिकाले कर्णाली नदीमा साना माछा मा’र्न रोक लगाएको छ । नगरपालिकाले इलाका प्रहरी कार्यालय र राकम कर्णाली जलचर संरक्षण समूहसँगको समन्वयमा माछा मा’र्न रोक लगाएको हो ।

नगरपालिकाकाले यही चैत १ मा सूचना जारी गर्दै साना तथा भुरा माछा मा’र्न रोक लगाएको जनाएको छ । जारी सूचनामा भनिएको छ, “नदीमा साना माछा मार्दा माछा नै लोप हुने देखिएकाले साना माछा नमा’र्नु होला ।”

नगरपालिकाको जलचर संरक्षण ऐन २०७५ साना माछा मा’र्न रोक लगाएको नगर उपप्रमुख दीपा बोहराले बताउनुभयो । माछा व्यवसायी वा अन्य कसैले साना माछा मारेमा जरिवानासँगै माछा मा’र्ने सबै सामग्री जफत गरिने बताइएको छ ।

नगरपालिका क्षेत्रमा पर्ने दही खोलादेखि रामाघाटसम्मको कर्णाली नदीमा साना माछा मा’र्न रोक लगाइएको हो । ठूलो प्वाल भएको जाल तथा साना माछा मा’र्न प्रयोग हुने सामग्री खरिद बिक्रीसमेत नगर्न आग्रह गरिएको छ ।

साना माछा मारेको पाइएमा पहिलोपटक रु पाँच हजार भने दोस्रो पटक रु १० हजार र तेस्रोपटक रु १५ हजार जरिवाना गरिने उपप्रमुख बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया