आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

शिक्षा मन्त्रालयले विज्ञप्ती जारी गर्दै भन्यो ‘३ हप्ता विद्यार्थीलाई स्कुल नबोलाउनू, भर्ना पनि नगर्नू’

प्रकाशित
2.5K
SHARES

काठमाडौं। सरकारले ३ हप्ता विद्यार्थीलाई स्कुलमा नबोलाउन अपिल गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसका कारण ३ हप्ता विद्यार्थीलाई विद्यालयमा नबोलाउन अपिल गरेका हुन् ।

‘अब ३ हप्ता विद्यार्थीलाई विद्यालयमा भर्ना र प्रवेश परीक्षा भनेर नबोलाउन विद्यालयहरूलाई भनेका हौँ’, मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘परीक्षा सकिएपछि उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकासन गर्ने समयसम्म विद्यालय बन्द नै हुने भएकाले ३ हप्ता विद्यार्थीलाई विद्यालयमा नबोलाउन भनिएको हो ।’

संक्रमणको त्रास रहेको यो अवस्थामा परीक्षा सकेका विद्यार्थीहरुलाई घर बाहिर नजान एवम् यो अवधिमा मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखि बिद्यालयमा साँस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भिडभाड वा आम भेला नगर्न सबैमा अनुरोध गरिएको छ ।

२०७६ सालको माध्यमिक शिक्षा (एसइइ) परीक्षा यही चैत ६ गतेदेखि १७ गतेसम्म हुने भएकाले कसैलाई भ्रममा नपर्न समेत विज्ञप्तीमा जानकारी दिइएको छ ।कक्षा १ देखि ९ सम्मको परीक्षा भोलि सकिँदै छ । कोरोना भाइरसका कारण विद्यालयको परीक्षा अगाडि सारिएको थियो

१ महिना स्कुल सञ्चालन नहुने भएपछि संस्थागत विद्यालय (बोर्डिङ्ग स्कुल)हरुले एक महिनाको विद्यालयको शुल्क मिनाहा हुनुपर्छ भन्दै आवाज उठीरहेको छ । एक महिनाको शुल्क मिनाहा हुनुपर्छ भन्ने आसयको एउटा स्टाटस हामीले आज बिहान फेसबुकमा राख्दा त्यसमा मिश्रित प्रतिक्रियाहरु आइरहेका छन् ।

पार्टी नेकपा माओवादी केन्द्रले के.पी. शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मैले नेपाल सरकारको शिक्षा मन्त्रीबाट राजीनामा दिएको व्यहोरा अवगतै छ । ऐतिहासिक संविधानसभाबाट नयाँ संविधान जारी गरेपछिको संघीय गणतन्त्रात्मक नेपालको प्रथम शिक्षा मन्त्रीको हैसियतमा ८ महिना २८ दिन काम गरे ।

सर्वप्रथम त मेरो करिव ९ महिने कार्यकालमा मन्त्रालयका नीतिगत निर्णय र कामकाजलाई प्रभावकारी बनाउन सहयोग गर्नुहुने, शिक्षा मन्त्रालयका सचिव, सहसचिवहरु, महानिर्देशक लगायत सबै कर्मचारीहरु, पूर्व शिक्षा सचिवहरु, पत्रकार मित्रहरु, पार्टीको सुझाव समिति, शिक्षा क्षेत्रसँग सरोकार राख्ने शिक्षक महासंघ, शिक्षक संघ-संगठन, विद्यार्थी संघ-संगठन, प्राध्यापक, अभिभावक संघ-संगठन, विद्यालय

व्यवस्थापन समिति, विकास साझेदार, शिक्षाविद्, नागरिक समाज र सचिवालयका साथीहरु, लगायत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा शिक्षामा सरोकार राख्ने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।साथै व्यवस्थापिका संसदको महिला, बालबालिका समाजकल्याण र जेष्ठ नागरिक समिति र त्यसको सभापतिप्रति पनि हार्दिक आभार व्यक्त गर्दछु ।

नौ महिने कार्यकालको अनुभुति भन्नुपर्दा, शिक्षामा सबैको निर्वाध पहुँच, गुणस्तरियता, अनुसन्धानात्मक शिक्षण पद्दती, प्रविधिमैत्री शिक्षा, अन्तर्राष्ट्रिय समकक्षता, सार्वजनिक र नीजि शिक्षण संस्थाबाट उत्पादित जनशक्तिको अव्यवस्थित भद्दा संरचना र गुणस्तरमा देखिएको अन्तर, शहर र गाउँका बीचको खाडल र सामान्य शिक्षा र प्राविधिक शिक्षाका बीचको असन्तुलन, शिक्षाको अनावश्यक भद्दा संरचना, मन्त्रालयका कर्मचारीहरुको जागिरे मानसिकता मुख्य समस्या हुन् ।

शिक्षा क्षेत्रका यी समस्याहरुको तात्कालिन र दीर्घकालिन समाधानका लागि मैले शिक्षा मन्त्रालयको नेतृत्व सम्हालेको ३३ औं दिन (२०७२ मंसिर ४)मा १८ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको थिएँ । यसकै आधारमा मेरो कामको मूल्यांकन हुने छ । १८ बुँदेलाई नेपालको शैक्षिक सुधारका लागि शिक्षा मन्त्रालयले आफ्नो मार्गचित्रको रुपमा आत्मासात गरिसकेको छ । मलाई विश्वास छ यसको कार्यान्वयनले नेपालको शैक्षिक सुधारको प्रक्रियालाई तिव्रता दिनेछ ।

यस अवधिमा आयोग गठन गर्न नसकेकोमा म दु:खी छु । र प्रधानमन्त्रीको काममा यसले प्राथमिकता पाउन नसकेको कुराले मलाई सधैं चिमोटी रहने छ ।तात्कालिक दृष्टिले मधेस आन्दोलनका कारण बन्द अवस्थामा रहेका तराई मधेसका २२ जिल्लाका विद्यालय तथा शिक्षण संस्थाहरुको नियमित सञ्चालन, एमविविएस विषयमा विद्यार्थीहरुको उत्कृष्टताका आधारमा भर्ना गर्ने प्रणालीको थालनी, भूकम्पले ध्वस्त पारेका

विद्यालय संरचनाहरुको पुनर्निर्माणका लागि आयोजना कार्यान्वयन इकाईको गठन, पाँच वर्षमुनिका केटाकेटीहरुलाई स्कुल भर्नामा जोड, समयमै पाठ्यपुस्तकको व्यवस्थापनमा हामीले उपलब्धि हाँसिल गरेका छौं । हाम्रा उच्च प्राथमिकतामा रहेका साक्षरता र शिक्षण संस्थाहरुको पुनर्निर्माणको कार्य अपेक्षाकृत धीमा गतिमा अगाडि बढेको छ ।

प्राकृतिक विपद् र मधेस तराई आन्दोलनका बाबजुद प्रभावित स्कुलहरुको पठन पाठनलाई टिभी र एफएम रेडियोका साथै अतिरिक्त कक्षाहरु सञ्चालन र सहयोगी पुस्तक वितरण गरेर समयमै एसएलसी परीक्षा गर्न हामी सफल भयौं । निर्धारित समय अगावै परीक्षाफल प्रकाशन गरेर शैक्षिक सत्र नियमित गर्न मन्त्रालय परिवारले खेलेको भूमिका र शिक्षक, विद्यार्थी र अभिभावकहरुले दिनुभएको साथ सहयोगप्रति आभार ब्यक्त गर्दछु ।

 

प्रतिक्रिया