आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अमेरिकमा कोरोनाले २ देखि २२ लाखसम्म मानिसको मृत्यु हुने प्रक्षेपण, आयो डरलाग्दो खबर

प्रकाशित
9.1K
SHARES

काठमाडाैं । अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। अमेरिकाका ५० वटै राज्यमा पुगेको कोरोनाको संक्रमण आउने महिनामा झनै तीव्र गतिले फैलिने अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन्। साथै फरक-फरक अध्ययनले धेरै मानिसको मृत्यु हुने जनाएका छन्।

न्युयोर्क टाइम्सका अनुसार सरकार र नागरिकले कोरोना भाइरस (कोभिड-१९) विरूद्ध लड्न बलियो सतर्कता अपनाएनन् भने २२ लाख सम्म अमेरिकी नागरिकको मृत्यु हुन सक्ने बेलायती अनुसन्धानकर्ताहरूले जनाएका छन्।

बेलायती अनुसन्धानकर्ताको चेतावनीपछि अमेरिकामा मानिसको सार्वजनिक जमघटमा थप कडाइ गरिएको छ। अध्ययन सार्वजनिक हुनुअघि आइतबारसम्म ५० जनाभन्दा धेरै मानिस एकै ठाउँमा जमघट नहुन भनिएको थियो। अमेरिकन सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले तोकेको सो संख्यालाई राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सोमबार १० मा झारिदिएको न्युयोर्क टाइम्सले जनाएको छ।

कोरोनाबाट हुन सक्ने मानवीय क्षतिका सम्बन्धमा अमेरिकामा पनि विभिन्न अध्ययन र प्रक्षेपण भएका छन्। न्युयोर्क टाइम्सका अनुसार सिडिसीकै अध्ययनले पनि अमेरिकामा कम्तिमा २ देखि १७ लाखसम्म मानिस मर्न सक्ने प्रक्षेपण गरेको छ।

त्यस्तै नेब्रास्का विश्वविद्यालयको एक अध्ययनले ४ लाख ८० हजारसम्म अमेरिकीको कोरोना भाइरसका कारणका मृत्यु हुन सक्ने जनाएको छ। अहिले तीव्र गतिमा फैलिरहेको कोभिड-१९ अमेरिकामा आउने महिनाहरूमा झनै रफ्तारका साथ फैलिन सक्नेछ। जुनको मध्यदेखि मात्र यसको संक्रमणमा कमी आउने अनुसन्धाकर्ताले जनाएका छन्।

कोरोना भाइरसको विस्तारलाई कम गर्न सार्वजनिक यातायात कम गर्ने, विद्यालय, सिनेमा हल, रेष्टुरा बन्द गर्ने, सार्वजनिक जमघटलाई दुरूत्साहित गर्नेलगायतका उपाय अपनाउन सुझाइएको छ।

कोरोनाविरूद्ध भ्याक्सिनको विकास गर्न संसारभर प्रयत्न भइरहेका छन्। यही सातामात्रै अमेरिकाको सियाटल शहरमा मानिसमा पहिलो पटक त्यस्तो भ्याक्सिनको परीक्षण गरिएको छ। उक्त भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको प्रमाणित हुन र बजारमा उपलब्ध हुन करिब १२ देखि १८ महिनासम्म लाग्ने जनाइएको छ।

युरोपेली मुलुकहरुमा कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३४ सय ४० पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट ७ हजार ९८७ जनाको मृत्यु हुँदा युरोपका २४ मुलुकमा मात्रै ३४ सय ४० जनाको मृत्यु भएको हो ।

इटालीमा कोरोनाभाइरसको संक्रमणबाट तीन दिन यता दैनिक ३ सय भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा इटालीमा कोरोना भाइरसकै संक्रमणबाट ३ सय ४५ जनाको मृत्यु भएको छ । योसंगै इटालीमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार ५ सय ३ पुगेको छ ।

यसअघि मंगलबार एकै दिन ३ सय ४९ जनाको मृत्यु भएको इटालीमा सोमबार ३ सय ६८ जनाको मृत्यु भएको थियो । इटालीमा संक्रमितको संख्या पनि दैनिकजसो ३ हजार भन्दा बढी हुने गरेको छ । मंगलबार ३२ सय ३३ जनामा संक्रमण देखिएकोमा आज ३५ सय २६ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै त्यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ हजार ५ सय ६ पुगेको छ । उपचार गराइरहेका २६ हजार मध्ये २ हजार जनाको अवस्था गम्भीर छ । कोरोना संक्रमण रोक्न इटाली सोमबारदेखि ‘लक डाउन’ समेत लागु भइसकेको छ ।

यस्तै स्पेनमा ५ सय ३३ जनाको मृत्यु भएको छ भने ११ हजार ८ सय २६ जना संक्रमित भएका छन् । यस्तै फ्रान्समा १७५ जना, बेलायतमा ७१, नेदरल्याण्डमा ४३, स्विटजरल्याण्डमा २७, जर्मनीमा २६, सनमारिनोमा ११, बेल्जियममा १०, स्वीडेनमा ८ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोना भाइरसको संक्रमण फैलने क्रम तीब्र भएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत शनिबार कोरोना भाइरसको ‘इपिसेन्टर’ अब युरोप भएको चेतावनी दिएको थियो । कोरोना भाइरसको जोखिम उच्च भएपछि युरोपियन युनियन (ईयू) आबद्ध देशहरूले एक महिनालाई सीमा नाका बन्द गर्ने निर्णय गरेका छन् ।

सीमा बन्दको निर्णय ईयूआबद्ध २६ देशमा लागू हुनेछ । प्रतिबन्धले गैरईयू नागरिकहरूलाई भ्रमण गर्नबाट असर पार्नेछ । लामो अवधिको बासिन्दा, ईयूका परिवारका सदस्य, कूटनीतिज्ञ, स्वास्थ्यकर्मी र सामान ढुवानी गर्ने मानिसहरूका हकमा भने प्रतिबन्ध लागू नहुने बीबीसीले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियाली देशमा पनि कोरोना भाइरसको महामारी फैलन सक्ने चेतावनी दिएको छ । संक्रमण रोक्नका लागि भएका प्रयासहरु प्रभावकारी नभए कुनै पनि बेला दक्षिण पूर्वी एसियाली देशहरुमा पनि कोरोना भाइरसले महामारीको रुप लिने डब्लूएचओले चेतावनी दिएको हो ।

डब्लुएचओको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहका अनुसार भाइरसका कारण तीव्र गतिमा बिग्रँदै गएको अवस्थालाई सुधारका लागि प्रभावकारी कदम नचालिए दक्षिण पूर्वी एसिया पनि कोरोना भाइरसको महामारीले गाँजिने छ ।

डब्लुएचओले दक्षिण पूर्वी एसियाली क्षेत्रका रुपमा परिभाषित गरेका ११ मध्ये ८ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । थाइल्याण्डमा सबैभन्दा धेरै १७७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै इन्डोनेशियामा १३४, भारतमा १२५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा पाँच जनामा संक्रमण देखिएको छ । नेपाल र भुटानमा एक–एक जनामा संक्रमण देखिएको डब्लुएचओले जनाएको छ ।

कोरोना भाइरस विश्वव्यापी महामारीः विश्व स्वास्थ्य संगठन- विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड-१९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ। तीन महिनाअघि सुरू भएको यो नयाँ कोरोना भाइरसबाट संसारभर हजारौं संक्रमित भएपछि बुधबार संगठनले महामारी घोषणा गरेको हो।

चीन र कोरियामा बिस्तारै कोरोना भाइरस संक्रमित संख्या कम हुँदै गएको छ। साथै ५७ देशमा दस वा योभन्दा कम संक्रमित पुष्टि भएका छन्। टेड्रोसका अनुसार अहिलेसम्म देखिएका कोरोना भाइरसका प्रकारमध्ये यही ‘कोभिड-१९’ मात्र महामारी घोषणा भएको हो। यसअघि सार्स, मर्स नामक कोरोना भाइरसले पनि धेरै मान्छेको ज्यान लिएको थियो।

विश्व स्वास्थ्य संगठनले सुरूमा ‘कोभिड-१९’ यसरी फैलिएला भन्ने आकलन नगरेकाले महामारी घोषणा गर्न नखोजेको पनि टेड्रोसले बताएका छन्।’अब यो अनियन्त्रित भयो भनेपछि महामारी किन नभन्ने?,’ उनले पत्रकार सम्मेलनमा भनेका छन्।

जुन प्रकारले कोरोना भाइरस संसारका विभिन्न देशहरुमा पनि फैलिरहेको छ । त्यो भन्दा पनि यस भाइरससंग सम्बन्धित विभिन्न भ्रमहरु फैलिरहेका छन् । सामाजिक सञ्जालमा यो रहस्यमय भाइरसको बारेमा दिन-दिनै नयाँ-नयाँ कुराहरु उत्पन्न हुन थालेका छन् । जस्तै- के अत्याधिक चिसो अथवा बरफले यो भाइरसलाई नष्ट गर्न सकिन्छ ? के तातो पानीले नुहाउँदा यो भाइरसबाट बच्न सकिन्छ ? के चीनबाट आयत हुने उत्पादनहरुबाट पनि भाइरस फैलने खतरा हुन्छ ? विश्व स्वास्थ्य संगठनले कोरोना भाइरससंग सम्बन्धित सम्पुर्ण भ्रामक तथ्यहरुको विस्तृत जवाफ दिएको छ ।

कोरोना भाइरस एकदम चिसोका कारण नष्ट हुन्छ भन्ने प्रश्नको जवाफमा विश्व स्वास्थ्य संगठनले त्यस्तो भ्रममा विश्वास गनुको कुनै कारण छैन भनेको छ । चीसालेे कोरोना भाइरस अथवा अन्य कुनै भाइरस नष्ट हुन्छ भन्ने कुरामा कुनै सत्यता छैन । कोरोना भाइरसबाट बच्ने सबैभन्दा राम्रो तरिका भनेको बारम्बार अल्कोहल युक्त ह्यान्डवास अथवा साबुन र पानीले हात सफासंग धुनु पर्छ ।

त्यस्तै तातो पानीले नुहाउदा कोरोना भाइरससंग बच्न सकिन्छ भन्ने प्रश्नमा सामान्यतया मानिसको शरीरको तापक्रम ३६.५ डिग्री सेल्सियस देखि ३७ डिग्री सेल्सियससम्म हुन्छ । यस्तो स्थितिमा तातो पानीले नुहाएर कोविड-१९ भाइरसले बच्न सकिंदैन । त्यस्तो प्रकार दावी अर्थहीन हो । धेरै तातो पानीले नुहाउँदा यसले तपाइर्ंलाई नोक्सान पुर्‍याउन सक्छ ।

के चीनीयाँ उत्पादनहरुले पनि कोरोना भाइरस फैलन सक्छ ? भन्ने प्रश्नको जवाफमा चीन अथवा अन्य कुनै देशमा निर्मित उत्पादनहरुले कोरोना भाइरस फैलने कुनै खतरा हुँदैन । कोरोना भाइरस कुनै सतहमा केही घण्टा अथवा केही दिनसम्म मात्र बाँच्न सक्छ भन्ने कुरा सतहमा नै निर्भर हुन्छ ।

कुनै पनि उत्पादन जुन लगातार घुमिरहेको छ अथवा अन्य देशका निर्यात गरिरहेको छ, त्यस्तो उत्पादनहरुबाट यो भाइरस फैलने सम्भावना अत्यन्त कम हुन्छ । सामान आयात र निर्यात हुने क्रममा भिन्दा-भिन्दै तापक्रम र मौसमको सामना गर्नु पर्छ, जसका कारण भाइरस बाच्ने सम्भावना न्युन हुन्छ । यदि तपाईंलाई सामानहरुको सतह दूषित छ भन्ने लाग्छ भने यसलाई कीटाणुनाशकले राम्रोसंग धुन सक्नु हुन्छ ।

के लामखुट्टेबाट पनि कोरोना भाइरस फैलन सक्छ ? भन्ने प्रश्नको जवाफमा अहिलेसम्म त्यस्तो कुनै सूचना अथवा प्रमाण फेला परेको छैन । कोरोना भाइरसले शरीरको श्वास प्रणालीमा हमला गर्छ । कोरोना भाइरसबाट ग्रसित व्यक्तिले जब खोक्छ अथवा हाछ्यूँ गर्ने क्रममा थुकको अति नै सुक्ष्म थोपाको माध्यमबाट कोरोना भाइरस वरपर रहेका मानिसहरुको शरीरमा फैलन्छ । यस बाहेक र्‍यालको माध्यमबाट पनि यो भाइरस फैलिन्छ । त्यसैले कोरोना भाइरसबाट बच्नका लागि त्यस्ता व्यक्तिहरुबाट टाढा रहनु पर्छ, जसले हाछ्यूँ अथवा खोकी रहेको छ ।

के हृयान्ड ड्रायरले कोरोना भाइरस मर्छ भन्ने ? प्रश्नका जवाफमा यसले कोरोना भाइरस नष्ट गर्न कुनै किसिमको प्रभावकारी भुमिका हुँदैन । अल्कोहलयुक्त हृयान्डवासबाट हात बारम्बार सफा गर्ने अथवा साबुन पानीले राम्रोसंग हात धुनु नै सबैभन्दा राम्रो उपाय हो । हात धोएपछि हृयान्ड ड्रायर्स अथवा टिश्यू पेपरको माध्यमले हात पुछ्न सक्नु हुन्छ ।

अल्ट्रा भ्वाइलेट डिस-इन्फेक्सन ल्याम्प (पराबैजनी कीटाणुनाशक ल्याम्प)ले कोरोना भाइरसलाई मार्न सक्छ ? भन्ने प्रश्नमा हात अथवा शरीरका कुनै पनि अन्य अंगहरुलाई किटाणुरहित राख्नका लागि हल्ट्रा भ्वाइलेट डिस-इन्फेक्सन ल्याम्पको प्रयोग गर्नु हानिकारक हुन सक्छ । यो छालाका लागि हानिकारक हुन सक्छ । कोरोना भाइरस संक्रमित व्यक्तिको पहिचानका लागि थर्मल स्क्यानर कतिको प्रभावकारी हुन्छ ? भन्ने प्रश्नमा थर्मल स्क्यानर पूर्ण रुपमा प्रभावकारी हँुदैन ।

थर्मल स्क्यानरले त्यो बेलामा मात्र कोरोना भाइरसको पहिचान गर्न सक्छ, जब कुनै व्यक्तिलाई इन्फेक्सनका कारण ज्वरो आएको हुन्छ अथवा उसको तापक्रम सामान्य भन्दा बढि भएको हुन्छ । थर्मल स्क्यानर कोरोना भाइरसबाट संक्रमित ती व्यक्तिहरुको पहिचान गर्न सक्दैन, जसलाई ज्वरो आएको हुँदैन । त्यस्तो हुनुको मुख्य कारण भनेको कोरोना भाइरसबाट संक्रमित भएपछि स्वास्थ्य बिग्रन र ज्वरो आउन दुईदेखि १० दिनको समय लाग्छ ।

सम्पूर्ण शरीरमा अल्कोहल अथवा क्लोरीन छर्केर भाइरसबाट बच्न सकिन्छ ? भन्ने प्रश्नमा त्यस्तो गर्दा भाइरसबाट बच्ने ग्यारेन्टी हुँदैन । जुन भाइरस पहिला नै तपाईंको शरीरमा प्रवेश गरिसकेको हुन्छ, यस प्रकारको छर्केने प्रक्रियाले त्यो मर्दैन । त्यसो गर्नाले लुगा अथवा तपाईंको शरीरलाई नोक्सान पुर्‍याउन सक्छ । यदि उचित मात्रा अथवा दिशानिर्देश अनुसार प्रयोग गरियो भने क्लोरीन अथवा अल्कोहल कुनै पनि सतहको कीटाणुरहित गर्न सहयोगी हुन्छ ।

के घरपालुवा जनावरहरुबाट कोरोना भाइरस फैलन्छ ? भन्ने प्रश्नको जवाफमा हङकङमा एक महिलाबाट उसको घर पालुवा कुकुरलाई कोरोना भाइरस फैलिएको खबर अगाडि आएको छ । त्यसैले मानिसहरुबाट घरपालुवा जनावरहरुबाट कोरोना भाइरस फैलने खतरा छैन भन्न सकिंदैन । तर पशुहरुबाट मानिसमा कोरोना भाइरस फैलिएको बारेमा अहिलेसम्म कुनै सूचना प्राप्त भएको छैन । अहिले नै घरपालुवा जनावरले कोरोना भाइरस फैलन सक्छ अथवा सक्दैन भन्ने सम्बन्धमा कुनै दावी गर्न सकिंदैन । यस्तो अवस्थामा आफ्नो हात निरन्तर सफा गर्नु आवश्यक छ । हात धुनाले कोरोना मात्र हैन घरपालुवा जनावारबाट मानिससम्म पुग्न सक्ने विभिन्न किसिमको अन्य भाइरसबाट पनि बच्न सकिन्छ ।

के निमोनियाबाट बचाउने भ्याक्सिन कोरोना भाइरसमा पनि प्रभावी हुन्छ ? भन्ने प्रश्नको जवाफमा निमोनियाको भ्याक्सिन कोरोना भाइरसबाट बच्नका लागि कुनै भुमिका छैन । यो भाइरस अत्यन्त नयाँ र भिन्दै किसिमको छ । त्यसैले सर्वेक्षणकर्ताहरु यसको लागि विशेष प्रकारको भ्याक्सिन पत्ता लगाउनका लागि जुटेका छन् । अहिले स्वास-प्रस्वास सम्बन्धि रोगबाट बचाउने भ्याक्सिनलाई कोरोना भाइरससंग बचाउनका लागि सिफारिस गरिएको छ ।

के लहसुनको सेवनले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ ? भन्ने प्रश्नको जवाफमा विभिन्न औषधिको गुणहरु भएको लहसुन स्वास्थ्यका लागि अति नै लाभदायक छ । तर त्यस्तो कुनै प्रमाण अहिलेसम्म उपलब्ध भएका छैनन्, जसले लहसुनको सेवन गर्नाले कोरोना भाइरसबाट बच्न सक्ने प्रामाणित भएको छैन ।

के कोरोना भाइरसले वृद्धाहरुलाई मात्र हमला गर्छ ? भन्ने प्रश्नको जवाफमा कोरोना भाइरसले कुनै पनि उमेरका मानिसहलाई आफ्नो शिकार बनाउन सक्छ । तर पहिलेबाट नै दम, मधुमेह, मुटु सम्बन्धि समस्या आदिबाट ग्रसित व्यक्तिहरु र वृद्धाहरुलाई यो भाइरबाट धेरै खतरा हुन सक्छ । भाइरसको चपेटामा आउनाले त्यस्ता व्यक्तिहरुको स्वास्थ्य झन विग्रन सक्छ । त्यसैले सबै उमेरका व्यक्तिहरुले यो भाइरसबाट बच्नका लागि आवश्यक कदम उठाउनु पर्छ ।

के एन्टीबायोटिक कोरोना भाइरस उपचार अथवा बचावमा सहयोगी साबित हुन्छ ? भन्ने प्रश्नको उत्तरमा एन्टीबायोटिकहरुले केवल ब्याक्टेरियाबाट मात्र बचाउँछ । भाइरसबाट बच्नमा यसको कुनै भुमिका रहँदैन । कोविड-१९ एउटा भाइरस हो , त्यसैले एन्टीबायोटिकको प्रयोग यसबाट बच्न अथवा यसको उपचारका लागि गरिंदैन । तर कोरोना भाइरसबाट संक्रमित व्यक्तिलाई अस्पताल भर्ना हुँदा उसलाई एन्टीबायोटिक पनि दिइन्छ । किनभने कोरोना भाइरस संक्रमणको क्रममा उसलाई ब्याक्टेरियल इन्फेक्शनको धेरै खतरा हुन्छ ।

कोरोना भाइरसको उपचारका लागि कुनै औषधि छैन ? भन्ने प्रश्नमा अहिलेसम्म त्यस्तो कुनै विशेष औषधि उपलब्ध छैन । तर यस भाइरसबाट संक्रमित विरामीहरुको विभिन्न अस्पतालहरुमा अन्य सहयोग औषधिहरुको माध्यमले उपचार गरिरहेको छ । धेरै विरामीहरुलाई सपोर्टिभ केयरमा राखिएको छ । भाइरसबाट बचावका लागि औषधि र भ्याक्सीन तयार गर्नका लागि सर्वेक्षणकर्ताहरुले दिनरात काम गरिरहेका छन् । छिटटै कोरोना भाइरसको औषधि पत्ता लाग्ने छ भन्ने सबैको अपेक्षा रहेको छ ।

प्रतिक्रिया