आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नयाँ कोरोना सङ्क्रमित नभेटिएको देश नेपाल मात्र, पर्याे हरियो सूचीमा

प्रकाशित
6.1K
SHARES

काठमाडाैं । चीनको वुहानबाट विश्वभर फैलिएको कोरोना भाइरस ( कोभिड —१९ ) अहिले सम्म १ सय ६२ देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई मात्र हरियो सूचीमा राखेको छ । कारण हो नेपालमा कोरोना देखा परेका बिरामी निको भएको र अन्यमा नेपालीमा देखा नपरेको । कोरोनाका कारण अहिलेसम्म एक लाख ८२ हजार सात सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक

सय ७४ जनाको ज्यान गएको छ भने ९५ हजार सात सय ६ जनाले उपचार गराइरहेका छन् । ७९ हजार आठ सय ८४ जना निको भएका छन् । ७९ हजार आठ सय ८४ जनामध्ये नेपालमा सङ्क्रमण देखिएका एक जना पनि निको भइसकेको विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले जनाएको छ । कोरोनाको तथ्याङ्क दिइरहेको https://www.worldometers.info/coronavirus/ ले अहिलेसम्म नेपाललाई मात्र हरियो रङ्ग

लगाएको छ । हरियो रङ्गको मतलब ‘अहिलेसम्म कोरोना सङ्क्रमण देखिएका व्यक्ति निको भएको र अरु सङ्क्रमित नभएको’ उल्लेख गरेको छ । यसअघि मकाउ, जिब्राल्टार लगायतका देशलाई पनि सूचीमा हरियो रङ्गमा राखिए पनि अहिले कोरोना प्रभावित देशमा नेपाल मात्र नयाँ कोरोना सङ्क्रमित नभेटिएको देश भएको हो । कोरोना फैलिएको १ सय ६२ देशमा अझै पनि कोही न कोही सङ्क्रमित भेटिएको वा यसअघिसङ्क्रमण भेटिएका व्यक्तिको ज्यान गएको भए पनि नेपालमा दोस्रो व्यक्तिमा सङ्क्रमण देखिएको छैन ।

त्यसैबिच  घातक कोरोना भाइरसबाट चीन भन्दा अहिले इटली सबै भन्दा धेरै प्रभावित भएको छ। त्यहाँ करिब २५ हजार मानिस संक्रमित भएका छन् भने १८ सय ९ व्यक्तिको ज्यान गएको छ। देशभर कोरोना फैलिएपछि आपतकालिन उपायहरु अपनाइएको छ। पुरै देशलाई नै क्वारेन्टाइमा राखेको इटलीमा उमेरका आधारमा बिरामीमाथि भेदभाव हुने नीति सार्वजनिक भएको छ। टेलिग्राफको एक रिपोर्ट अनुसार सबै भन्दा बढि

प्रभावित क्षेत्रहरुमा अस्पतालमा बेडहरु अपर्याप्त भए ८० बर्ष माथिका बिरामीलाई भर्ना नगर्न भनिएको छ। इटालीको संकट व्यवस्थापन इकाईले यस्तो निर्णय गरेको समाचारमा जनाइएको छ। टेलिग्राफका अनुसार संकट व्यवस्थापन युनिटले कुन बिरामीहरूलाई गहन उपचार गर्ने वा नगर्ने भन्ने बारे एक प्रोटोकलनै तयार गरेको छ। रिपोर्टमा भनिएको छ ‘यदि समय त्यस्तै आयो र अस्पतालमा अपर्याप्त बेडहरु भए ८०

बर्ष वा सो भन्दा माथिका गम्भीर स्वास्थ्य अवस्थाका बिरामीलाई गहन सेवामा पहुँच गर्नबाट वञ्चित गरिने छ’। कोरोनाको प्रभाव अत्यन्त्र द्रुत गतिमा बढ्दै जाँदा ८० वर्ष नाघेकाको सघन उपचार नगर्ने इटलीको नीति कम उमेरकालाई बचाउन केन्द्रीत भएको बताइएको छ । चिकित्सकहरुले त्यसो गर्नु भनेको ‘बिरामीलाई मर्न छोड्नु’ हो भन्दै चिन्ता व्यक्त गरेका छ। सरकारको यस्तो नीतिले केहि समयमै त्यहाँ मृतकको संख्यामा बृद्धि आउँने भय व्यक्त गरिएको छ।

 

प्रतिक्रिया