आज : गते

ताजा शिर्षकहरु

अविवाहित आँचलका लागि हेलिकोप्टर सयर देखि १६ लाखको लेहेङ्गा – श्रीमान भने सेकेण्ड ह्याण्ड

प्रकाशित
7.7K
SHARES

काठमाडौ । अविवाहित नायिका आँचल शर्माको बिबाहको चर्चा त सबैले सुनिसक्नुभएको होला । ‘नाईं नभन्नू ल ४’ बाट नेपाली फिल्ममा भित्रिएकी अभिनेत्री आँचल शर्माले डेढ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरिन् भनेर बिबाहमा भएका तामझामका खबर पढ्न र दृष्य, तस्वीर हेर्न भ्याइसक्नुभएको होला । तर गोप्य कुरा थाहा नहुन सक्छ । आज हामी खुलाईदिन्छौ । बिहीवार उनले प्रेमी उदिप श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् । बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा हिन्दू परम्पराअनुसार आँचल र उदिपले विवाह गरेका हुन् ।

अभिनेत्री आँचल शर्माले आफ्नो विवाहको तस्विरहरु इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छन् । उनले ‘म र मेरा लागि सधैं’ क्याप्सन लेख्दै उदिपले बरमाला लगाएको र आफू दुलहीको भेषमा सझिएको केही तस्विरहरु साझेदार गरेकी थिइन् । तस्विरमा उनलाई कतै भावुक त कतै खुसी मुद्रामा देख्न सकिन्छ । उदिपले बरमाला लगाउँदै गर्दा उनी निकै प्रफुलित देखिएकी छन् ।

यसै हप्ता आँचलले चिकित्सक डा. उदिप श्रेष्ठसँग विवाह गरिन्, त्यो पनि करोडौं खर्च गरेर । फेसबुकमा विवाहको तस्बिरहरु हालिन् । पार्टीका लागि काठमाडौको बीचमा रहेको होटल हायतमा हेलिकप्टरमा पुगेको र आँचलले लगाएको १६ लाखको लेहेङ्गाको चर्चा सामाजिक सञ्जालमा व्यापक छ । यसैगरी उनले लगाएको गहनाको मुल्यकोपनि खुबै चर्चा छ ।

समाजिक सञ्जाल प्रयोगकर्ताहरुले आँचलको पहिरन र हेलिकप्टरमा होटल पुगेको कुरालाई ट्रोल बनाइरहेका छन् । आँचलले विवाह गरेका उदीप श्रेष्ठको भने यो दोस्रो विवाह हो । उनको यसअघि विदेशीसँग विवाह भएको थियो । उदिपसँग धनसम्पत्तिका कारण नजिकिएको फिल्मि बजारमा हल्ला छ। उदिप धनी परिवारका हुन् ।

चलचित्र क्षेत्रमा नाम हुने तर दाम कमै हुने भएकाले पनि नायिकाहरु पैसावाल पुरुषसँग विवाह गर्दै आएका छन् । चलचित्रबाट नाम कमाउने र त्यही नामबाट धनाढ्य पुरुष खोज्ने परिपाठी समेत विकास भएको छ ।

प्रतिक्रिया