आज : गते

ताजा शिर्षकहरु

२० नेपाली कामदारलाई कतारले किन गर्यो देश निकाला ,यस्ताे छ गम्भीर कारण

प्रकाशित
3.8K
SHARES

काठमाडौ । कोरोना भाइरस सं क्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको छ । दुई जना दुई दिनअघि र १८ जना सोमबार फिर्ता भएका हुन् । खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइन र सामूहिक क्वरेन्टाइनमा राखेको छ । कामदार क्वारेन्टाइनबाट सीधै काम गर्ने स्थानमा जान पाउँछन् । तर बाहिर जान पाइँदैन ।

त्यसबारे दूतावासले पनि सूचना जारी गरेको छ । तर ती नेपाली नि षे’धित क्षेत्रमा पुगेकाले पक्राउ गरी स्वेदश फर्काइदिएको परराष्ट्र अधिकारीले बताए । कतारको सुरक्षा निकायले २७ जनालाई प क्राउ गरेको थियो । परीक्षण गर्दा ज्वरो देखिएका ७ जनालाई भने आइसोलेसनमा राखिएको छ । यूएई, साउदी अरेबिया, ओमान, बहराइन र कुवेतले पनि घरबाट बाहिर ननिस्कन स्वदेशी एवम् विदेशी सबैलाई आग्रह गरिसकेका छन् । नेपाल सरकारले यसबारे सूचना प्रवाह गर्न दूतावासलाई पत्राचार गरेको थियो ।

सबैजसो खाडी मुलुकमा कार्यरत कामदारलाई जोखिम क्षेत्रमा नजान भन्दै क्वारेन्टाइनमा राखिएको छ । कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्रभित्रै क्वारेन्टाइन बनाएर राखिएको परराष्ट्र अधिकारीले बताएका छन् । उनीहरू क्वारेन्टाइनबाटै काममा आउने–जाने गर्छन् । खाडीका सबै मुलुकमा सुरक्षा व्यवस्था कडा गरिएको छ । विदेशी आउजाउमा रोक लगाइएको छ । साउदी अरेबियाले मुस्लिमको पवित्र स्थल मक्का मदिना जानेलाई रोक लगाइएको छ ।

नेपाली रहेका मुलुकमा कोही न कोही व्यक्तिमा कोरोनाको शंका भएपछि निकट रहेका सबैलाई क्वारेन्टाइनमा राखिएको छ । नेपाली कामदारलाई आफू बसेको देशको कानुनी व्यवस्थाबारे सेचत हुन जानकारी गराउन परराष्ट्रले खाडीलगायत सबै मुलुकमा रहेका नियोगलाई पत्राचार गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए । दूतावासले जतिसक्दो धेरै सूचना प्रवाह नै गरेर यसमा सचेतना अपनाउनुबाहेक अन्य विकल्प नरहेको पनि बताए ।

यसैबीच भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। महाराष्ट्रको राजधानी मुम्बईको कस्तरुवबा अस्पतालमा मंगलबार एक ६४ वर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारतमा यसअघि कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको थियो। भारतमा कोरोनाको संक्रमणबाट पहिलो पटक कर्नाटकको कलबुर्गीमा एक ७६ वर्षीय पुरुष र त्यसपछि दिल्लीमा एक ६८ वर्षीय महिलाको मृत्यु भएको थियो। भारतमा बितेको २४ घण्टामा थप १२ जनामा कोरोनाको संक्रमण पाइएको छ। अहिलेसम्म भारतमा १ सय २८ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का ८ सदस्य देशमा अहिलेसम्म कोरोना भाइरसका कारण तीन जनाको ज्यान गएको छ ।तीन सय ८५ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ भने २१ जना उपचारपछि निको भएका छन् । ३ सय ६१ जनाको उपचार भइरहको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म विश्वका एक सय ६२ देशमा पुगेको छ । मङ्गलबार बिहानसम्म एक लाख ८२ हजार चार सय १२ जनामा सङ्क्रमण भएकोमा ७९ हजार सय ११ जना सङक्रमित उपचारपछि निको भएका छन् । ज्यान गुमाउनेको सङख्या सात हजार एक सय ५७ पुगेको छ ।

स्पेनको एउटा स्थानीय क्लबका फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट सोमबार मृत्यु भएको छ ।मलागास्थित एट्लेटिको पार्ताडा अल्टामा युवा टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका गार्सियाको २१ वर्षको उमेरमा निधन भएको हो ।

पछिल्लो साता श्वासप्रश्वासमा समस्या आएपछि उनी जँचाउन अस्पताल जाँदा कोरोनाको संक्रमण पुष्टि भएको हो । उनी पहिलेदेखि नै रक्तअल्पताबाट ग्रसित रहेको चिकित्सकले जानकारी दिएका छन् । रक्तअल्पताका रोगी नभएको भए उनलाई बचाउन सकिने कुरा पनि चिकित्सकले जनाएका छन् । उनलाई मालागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको संक्रमण भएको उनलाई

चिकित्सकहरुले बचाउन सकेनन् । मालागा क्षेत्रमा कोरोनाबाट संक्रमित हुने उनी पाँचौ र युवामध्येबाट पहिलो व्यक्ति हुन् ।गार्सिया सन् २०१६ बाट ‘एट्लेटिको पार्ताडा अल्टा’ मा प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका थिए । उनको मृत्युसँगै क्लबले एक विज्ञप्तिमा लेखेको छ, ‘हामी तिमीलाई कहिल्यै बिर्सने छैनौं । तिम्रो आत्माले शान्ति पाओस् ।’

यसैबीच अस्ट्रेलियामा सोमबार दिउँसोसम्म ३७५ जना कोरोना भाइरसबाट संक्रमित बिरामी फेला परेका छन् । ५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।अष्ट्रेलियामा एक जना नेपालीमा समेत कोरोनाको संक्रमण देखिएको छ । नेपालीमा नै कोरोनाको संक्रमण देखिएपछि कूटनैतिक नियोगहरु, सामाजिक संस्थाका र व्यवसायीहरुले सचेतना र सतर्कता अपनाएको बताएका छन् ।

एकभन्दा धेरै नेपालीमा कोरोना फैलिएको आशंका गरिए पनि अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले तास्मानिया राज्यमा एक जना नेपालीलाई मात्रै कोरोना देखिएको बताए ।ती व्यक्तिलाई हाल तास्मानियाको एउटा होटेलको आइसोलेसनमा राखिएको छ । उनको अवस्था अहिले राम्रो रहेको राजदूत दाहालले बताए ।

यसबाहेक अस्ट्रेलियाका अन्य राज्यमा बसोबास गरेका कुनै पनि नेपालीमा सोमबारसम्म कोरोना संक्रमणको खबर नभएको बताए ।उनले नेपाल सरकारले जारी गरेका सतर्कता सम्बन्धी सूचनाहरु अस्ट्रेलियाको नेपाली समुदायका लागि दूतावासले सार्वजनिक गरेको जानकारी दिए ।गैरआवासीय नेपाली संघ अन्तर्रास्ट्रिय समितिका पूर्वअध्यक्ष शेष घलेले अस्ट्रेलियाका नेपालीहरुलाई संयम रहन र अस्ट्रेलियाको केन्द्रीय सरकार तथा राज्य सरकारका स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्न सुझाव दिए ।

उनले शिक्षा क्षेत्रमा रहेका नेपाली हरुले पहिले आफ्ना विद्यार्थी, शिक्षक र कर्मचारीको स्वाथ्यलाई प्राथमिकतामा राख्न पनि अनुरोध गरे । ‘हामीले अस्ट्रेलियाले दिएको अवसरबाट व्यवसायलाई राम्रो गरेका छौं । अहिले संसारभर स्वास्थ्य संकटकाल भए पनि छिट्टै विश्वले यो संकटलाई पराजित गर्ने र सबै व्यवसायहरु फेरि राम्रो बन्ने छन्,’ उनले भने ।

अस्ट्रेलियाका पहिलो नेपाली कानून व्यवसायी डा शम्सेरसिंह थापाले यहाँका नेपालीहरुलाई स्वास्थ्य संकटकाल सम्बन्धी ध्यान दिनुपर्ने कानूनी तथा व्यवहारिक विषयमा यहाँस्थित नेपाली कूटनीतिक निकायहरुले पर्याप्त जानकारी दिनुनपर्ने दायित्व भएको बताए ।उनले शैक्षिक संस्थाहरु र परामर्श दाताहरुको पनि यहाँ रहेका विद्यार्थीको स्वास्थ्य अवस्थाबारे ध्यान दिनु पर्ने नैतिक दायित्व रहेको स्मरण गराए ।

स्वाथ्य संकटकाल भएकाबेला यहाँको सरकार तथा स्वास्थ्य संस्थाहरुले सार्वजनिक गरेका आधिकारिक सूचानाहरुमा मात्रै ध्यान दिन र सामाजिक संजालमा भएका अनाधिकृत सूचनामा विस्वास नगर्न पनि उनले सचेत गराए ।अस्ट्रेलियाका नेपाली शैक्षिक परामर्शदाता भुवन पाण्डेले अहिले आफूहरुले सरकारले जारी गरेका स्वास्थ्य सतर्कता सम्बन्धी सूचनाहरु विद्यार्थीलाई दिने गरेको बताए ।

उनी कार्यरत संस्थाले अस्ट्रेलियामा सबैभन्दा बढी नेपाली विद्यार्थीलाई शैक्षिक परामर्श दिने गरेको छ । उनले आफ्ना सबै राज्य तथा विदेशमा भएका कार्यालयहरुबाट विद्यार्थीलाई कोरोना भाइरसका कारण घोषणा गरिएको विश्वव्यापी स्वास्थ्य संकट तथा यसको असरबारे निरन्तर जानकारी दिने गरेको बताए ।

अस्ट्रेलियामा हरेक साता जस्तो कुनै न कुनै नेपाली कार्यक्रमहरु हुने गरेका छन् । तर सरकारले ५ सय भन्दा बढी जमघट हुने कुनै पनि सार्वजनिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेपछि अस्ट्रेलियाका विभिन्न राज्यमा आयोजना गर्ने तयारी गरिएका दर्जनौं कार्यक्रमहरु स्थगित भइसकेका छन् । अस्ट्रेलियाले आइतबारदेखि लागू हुने गरी यहाँ आइपुगेका हरेकलाई दुई साता सेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य व्यवस्था लागू गरिसकेको छ ।

प्रतिक्रिया