आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या तीन पुग्यो, १२८ जना संक्रमित

प्रकाशित
1.7K
SHARES

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। महाराष्ट्रको राजधानी मुम्बईको कस्तरुवबा अस्पतालमा मंगलबार एक ६४ वर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारतमा यसअघि कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको थियो। भारतमा कोरोनाको संक्रमणबाट पहिलो पटक कर्नाटकको कलबुर्गीमा एक ७६ वर्षीय पुरुष र त्यसपछि दिल्लीमा एक ६८ वर्षीय महिलाको मृत्यु भएको थियो। भारतमा बितेको २४ घण्टामा थप १२ जनामा कोरोनाको संक्रमण पाइएको छ। अहिलेसम्म भारतमा १ सय २८ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का ८ सदस्य देशमा अहिलेसम्म कोरोना भाइरसका कारण तीन जनाको ज्यान गएको छ ।तीन सय ८५ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ भने २१ जना उपचारपछि निको भएका छन् । ३ सय ६१ जनाको उपचार भइरहको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म विश्वका एक सय ६२ देशमा पुगेको छ । मङ्गलबार बिहानसम्म एक लाख ८२ हजार चार सय १२ जनामा सङ्क्रमण भएकोमा ७९ हजार सय ११ जना सङक्रमित उपचारपछि निको भएका छन् । ज्यान गुमाउनेको सङख्या सात हजार एक सय ५७ पुगेको छ ।

स्पेनको एउटा स्थानीय क्लबका फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट सोमबार मृत्यु भएको छ ।मलागास्थित एट्लेटिको पार्ताडा अल्टामा युवा टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका गार्सियाको २१ वर्षको उमेरमा निधन भएको हो ।

पछिल्लो साता श्वासप्रश्वासमा समस्या आएपछि उनी जँचाउन अस्पताल जाँदा कोरोनाको संक्रमण पुष्टि भएको हो । उनी पहिलेदेखि नै रक्तअल्पताबाट ग्रसित रहेको चिकित्सकले जानकारी दिएका छन् । रक्तअल्पताका रोगी नभएको भए उनलाई बचाउन सकिने कुरा पनि चिकित्सकले जनाएका छन् । उनलाई मालागाको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको संक्रमण भएको उनलाई

चिकित्सकहरुले बचाउन सकेनन् । मालागा क्षेत्रमा कोरोनाबाट संक्रमित हुने उनी पाँचौ र युवामध्येबाट पहिलो व्यक्ति हुन् ।गार्सिया सन् २०१६ बाट ‘एट्लेटिको पार्ताडा अल्टा’ मा प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका थिए । उनको मृत्युसँगै क्लबले एक विज्ञप्तिमा लेखेको छ, ‘हामी तिमीलाई कहिल्यै बिर्सने छैनौं । तिम्रो आत्माले शान्ति पाओस् ।’

प्रतिक्रिया