आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोरोना संक्रमणको आशंकामा जनकपुर अस्पताल भर्ना गरिएका ९ जनाको देखियो यस्तो रिपोर्ट

प्रकाशित
2.2K
SHARES

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि को पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ । केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका–१० नरहैयाका ९ बिरामीमा कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा थप परीक्षणका लागि सोमबार साँझ जानकी मेडिकल कलेज जनकपुर पठाइएको थियो ।

पठाएका सबैमा कोरोनाको कुनै लक्षण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । कोरोना भाइरसको लक्षण नदेखिएपछि स्वास्थ्य परीक्षण नै नगराई सबै राति नै आ–आफ्नो घर फर्किएको प्रमुख यादवले बताए ।रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरुमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि कोरोना सङ्क्रमणको आशङ्का लागेर थप उपचारको लागि वडाध्यक्ष जुगत कामतीलगायत स्वास्थ्यकर्मीको टोलीले एम्बुलेन्सबाट जनकपुर पठाएको थियो ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण इटलीमा जनवरी २९ मा पहिलोपटक देखिएको थियो । त्यसबेला दुई चिनियाँ पर्यटकलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । इटालीका नियामकले उनीहरुलाई तत्कालै क्वारेन्टाइनमा राख्यो ।तर कोरोनाको थप संक्रमण देखिन थाल्यो । सरकारले केही प्रभावित क्षेत्रलाई रेड जोन घोषणा गर्दै मानिसहरुलाई सचेत गरायो । तर कोरोनाबाट संक्रमित हुनेहरुको संख्या बढ्दै गयो ।

नयाँ संक्रमितको संख्या बढेसँगै एक चौथाइ मुलुकलाई क्वारेन्टाइनमा राख्ने निर्णय गर्‍यो । यो निर्णय गर्ने तयारी भइरहेको सूचना चुहिएपछि रेड जोनमा रहेका धेरै मानिसहरु भाइरस नफैलिएको आ–आफ्नो घर फर्किए । त्यसपछि ह्वात्तै इटालीमा बिरामीको संख्या बढ्यो ।इटली सरकारले पूरै मुलुक लकडाउन गर्ने निर्णय गरेको छ । तर यो निर्णय गर्नु अगाडि नै महामारी मुलुकभर फैलिसकेको थियो । त्यसैले चीनपछि सबैभन्दा बढी प्रभावित मुलुक बन्यो ।

इटलीमा पूरै स्वास्थ्य आपतकालको अवस्थामा छ । अस्पतालमा बिरामीको संख्या बढेको छ । उनीहरुलाई राख्ने अस्पतालको मात्र होइन, उपचार गर्ने डाक्टर र नर्सको पनि अभाव देखिएको छ । चाहेर पनि सबै बिरामीलाई डक्टरले ध्यान दिन सकेका छैनन् । बिरामीको अवस्था हेरेर उपचार गर्नुपर्ने बाध्यता इटालीमा देखिएको छ ।

अहिले इटालीमा विद्यालय, रेष्टुरेन्ट, सपिङ सेन्टर सबै बन्द छन् । बाहिर हिँड्दा कता जान लागेको हो भन्ने सूचना लिएर हिँड्नुपर्छ । अन्यथा क्वारेन्टाइन उलंघन गरेको अभियोगमा कानुनअनुसार कारबाही हुन्छ ।यसरी पूरै मुलुक लकडाउनमा राख्दा पनि नयाँ संक्रमितको संख्या भने घटेको छैन र दिनानुदिन मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा छ ।आवश्यक सजगताको अभाव

इटालीमा कोभिड–१९ को भाइरस अहिलेको अवस्थामा आइपुग्नुको एक कारण आवश्यक मात्रामा सजगता अपनाउन नसक्नु हो ।चीनमा संक्रमण देखिएसँगै इटालीले बाहिरबाट आउने पर्यटकहरुमाथि निगरानी त बढाइरहेको थियो । तर कोरोना संक्रमण भएका मानिसमा पनि लक्षण नदेखिनसक्छ भन्ने तथ्यलाई वेवास्ता गर्‍यो ।

वैज्ञानिकहरुका अनुसार इटालीमा यो भाइरस कम्तीमा पनि जनवरीको मध्यतिर नै प्रवेश गरिसकेको थियो । तर उनीहरुमा कुनै पनि संकेत देखिएन । किनकी यो भाइरस लाग्दा भाइरसको कुनै लक्षण देखिँदैन वा सामान्य लक्षण मात्र देखिन्छ, जसबाट यो भाइरस लागेको थाहा पाउन सकिँदैन ।त्यस्तै प्रकारका बिरामी मुलुकमा भाइरसको संक्रमित भेटिनुभन्दा पहिला नै इटालीमा प्रवेश गरे । त्यसपछि उनीहरुको माध्यमबाट बिस्तारै यो संक्रमण मुलुकभर फलिँदै गयो ।

त्यसपछि यो भाइरस नियन्त्रणको लागि समग्र मुलुकलाई नै क्वारेन्टाइनमा राख्ने निर्णय गर्नुभन्दा पहिला नै रेड जोनमा रहेका सयौं मानिस संक्रमण नदेखिएको क्षेत्रमा रहेको घरमा फर्किए । यसबाट समग्र इटालीमा भाइरस फैलियो, जसको परिणाम अहिले देखिइरहेको छ ।त्यसका साथै इटालीका मानिसहरुले पनि सामान्य लक्षण देखिँदा यो रोगको परीक्षण गराएनन् । यसले पनि भाइरसको संक्रमण फैलाउन भूमिका खेलेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया