आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रहरी सुरक्षा खटिएकै क्षेत्रमा श’क्ति’शा’ली ब’म वि’स्फो’ट हुँदा जनप्रतिनिधि र स्थानीय त्र’सि’त

प्रकाशित
1.7K
SHARES

काठमाडौं । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गेट नजिकै ब’म वि’स्फोट गराइएको छ । अज्ञात समूहद्वारा कार्यालय परिसर क्षेत्र रहेको कार्यालयको ढोका नजिकै ब’म वि’स्फोट गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका र प्रहरी कार्यालयसँगै रहेको परिसरमै ब’म वि’स्फोट गराइएको हो ।

सिसिटिभीको निगरानी भए पनि कार्यालय परिसर नजिकै ब’म वि’स्फोट हुन सुरक्षा चुनौती बढेको छ । प्रहरी चौकी कार्यालय र नियमित प्रहरी सुरक्षा खटिएकै क्षेत्रमा ब’म वि’स्फोट गराएपछि जनप्रतिनिधि र स्थानीय त्रसित बनेका छन् ।

अज्ञात समूहले कार्यालयको ढोकाभन्दा करिब ५० मिटरको दूरीमा ब’म वि’स्फोट भएको प्रहरी प्रमुख भट्टराइले राससलाई बताउनुभयो । गाउँपालिकाको ढोकाभन्दा ५० मिटरको दूरीमा ब’म वि’स्फोट गराइएको हो ।ब’म वि’स्फोट गराउने समूहले जिम्मा नलिएकाले अज्ञात समूह भनिए पनि विप्लव समूहले वि’स्फोट गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जिल्लामा चन्दा आतङ्क मच्याइरहेको स्रोतका दाबी छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराइले गाउँपालिको ढोकामा ब’म वि’स्फोट गराएको बताउनुभयो । तीन साताअघि मात्र जिल्ला प्रहरी कार्यालय नजिकै पीसविनको कार्यालयको ढोकामा ब’म राखिएको थियो ।जिल्लामा ब’म राख्ने, चन्दा असुली गर्ने, फोनबाट धम्की दिने जस्ता गतिविधि बढेपछि सुरक्षा चुनौती बढेको छ । प्रहरीले शङ्कास्पद व्यक्तिको मोबाइल टाइयापिङ गरिरहेको भए पनि गतिविधि रोक्न नसकेको अवस्था छ ।

गाउँपालिका केन्द्र रहेको जुड्डीमा फोन सम्पर्क नभएकाले विस्तृत विवरण आइसकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले ब’म वि’स्फोटबाट गाउँपालिका र अन्य मानवीय क्षति नभए पनि स्थानीय त्रसित बनेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया