आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

११ अर्बको प्राइम बैङ्क तर बिना धितो १२ अर्बको बैङ्क ग्यारेन्टी

प्रकाशित
1.5K
SHARES

कुनै त्यस्तो बैङ्क होला जसले बिना धितो पनि ऋण दियोस् ? असम्भव । किनभने कुनै त्यस्तो बैङ्क हुँदैन जसले बिना धितो ऋण दियोस् वा बैङ्क आफै ग्यारेन्टी बसिदियोस् । तर नेपालमै एउटा त्यस्तो बैङ्क छ जसले बिना धितो १२ अर्बभन्दा बढी रकमको ग्यारेन्टी बसेको छ, त्यो पनि नेपाल सरकारलाई तिर्ने गरी । अनि बिना धितो १२ अर्ब ४६ करोड बराबरको ग्यारेन्टी बस्ने बैङ्क हो, प्राइम कमर्सियल बैङ्क

कमलपोखरीमा केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैङ्क विभिन्न म्यानपावर कम्पनीहरुले बदमासी गरे वा ठगी गरेको खण्डमा तिर्ने गरी १२ अर्ब ४६ करोड रूपैयाँको बैङ्क ग्यारेन्टी बसेको छ । तर बैङ्क ग्यारेन्टी बस्ने समयमा उसले कुनै धितो भने राखेको छैन, मात्रै १० प्रतिशतसम्म मार्जिन र १ देखि १ दशमलब ५ प्रतिशत प्रतिवर्ष सेवा शुल्क लिएर उसले यति धेरै रकमको ग्यारेन्टी बसेको छ । केही करोडको लोभमा प्राइम बैङ्कले अर्बौंको जोखिम मात्रै मोलेको छैन, जनताको निक्षेप समेतलाई दाउमा राखेको छ ।

सरकारले गएको भदौ १८ गतेदेखि अनिवाय रू पमा म्यानपावर कम्पनीहरुको धरौटी रकममा वृद्धि गर्ने निर्णय गराएको थियो । म्यानपावर कम्पनीहरुको ठगी बढेको र त्यसले सर्वसाधरण अन्यायमा परेको भन्दै धरौटी रकमबाटै ठगी भएको रकम असुलउपर गर्ने उद्देश्यले श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ मा संशोधनको प्रस्ताव गरेको थियो ।

मन्त्रालयको प्रस्ताव अनुसार वार्षिक ३ हजारभन्दा कम कामदार रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरुले ५० लाख नगद र १ करोड ५० लाखको बैङ्क ग्यारेन्टी राख्नुपर्ने व्यवस्था गरेको थियो ।

त्यसैगरी वार्षिक ३ हजारदेखि ५ हजारसम्म कामदार पठाउने म्यानपावरले १ करोड नगद र ३ करोडको बैङ्क ग्यारेन्टी तथा वार्षिक ५ हजारभन्दा बढी कामदार पठाउने म्यानपावरले २ करोड नगद र ४ करोडको बैङ्क ग्यारेन्टी गरी ६ करोड रुपैयाँ राख्नुपर्ने गरी दुवै संसदबाट उक्त विधेयक पास भई राष्ट्रपतिबाट प्रमाणीकरण भई कानुन बन्यो ।

वैदेशिक रोजगार ऐन, २०६४ को संशोधन २०७५ ले भदौको १८ गतेभित्र थप गर्नुपर्ने र धरौटी थप गर्नु नपर्ने म्यानपावर कम्पनीहरु स्वतः खारेजीमा जाने कानुन बन्यो ।

वैदेशिक रोजगार ऐनमा संशोधन हुनुभन्दा अगाडि ७ लाख नगद र २३ लाखको बैङ्क ग्यारेन्टी गरी कुल ३० लाख बराबर नगद जम्मा वा बैङ्क ग्यारेन्टी राखेमा म्यानपावर कम्पनी सञ्चालन गर्न पाइने कानुनी व्यवस्था थियो ।

नयाँ कानुनी व्यवस्थाले धरौटी रकममा व्यापक वृद्धि गरेपछि करिब १ हजार ३ सयको हाराहारीमा रहेका म्यानपावर कम्पनीहरुको सङ्ख्या घटी यतिबेला ८ सय ३४ वटा म्यानपावर कम्पनीहरु सञ्चालनमा रहेका छन् । उनीहरुमध्ये अधिकांश म्यानपावर कम्पनीले वार्षिक ३ हजारभन्दा कम कामदार विदेश पठाउने भएकाले उनीहरुको नगद धरौटी ५० लाखसहित उनीहरुको बैङ्क ग्यारेन्टी २ करोडको रहेको छ ।

अहिले नेपालमा २७ वटा वाणिज्य बैङ्क सञ्चालनमा छन् । तीमध्ये प्राइम कमर्सियल बैङ्कले मात्रै ६ सय २२ वटा म्यानपावरको बैङ्क ग्यारेन्टी बसेको छ जबकि अहिले अस्तित्वमा रहेका म्यानपावर कम्पनी नै जम्मा ८ सय ३४ वटा रहेका छन् ।

तर ८ सय ३४ म्यानपावर कम्पनीमध्ये झण्डै ७५ प्रतिशत अर्थात् ६ सय २२ वटा म्यानपावरको बैङ्क ग्यारेन्टी भने प्राइम बैङ्क मात्रै बसेको छ । उसले ६ सय २१ वटा म्यानपावरको २ करोड र मोन्टेज ओभरसिज प्रालिको ४ करोड गरी कुल ६ सय २२ म्यानपावरको १२ अर्ब ४६ करोड रूपैयाँ बराबरको ग्यारेन्टी बसेको छ ।

प्रतिक्रिया