आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समयमै पूर्वतयारी नगरे कोरोनाले नेपालमा पनि यूरोपको रुप लिन सक्छः डा. आचार्य

प्रकाशित
1.4K
SHARES

काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबारे समयमै सतर्कता अपनाउन नसके कुनैदिन पनि दुर्घटना हुन सक्ने डा. रमेश आचार्यले बताएका छन् । कोरोना भाइरसको उद्गम चीनको वुहानबाट फर्किएका डा. आचार्यले हल्ला बढी भएपनि नेपालमा प्राप्त मात्रामा पूर्वतयारी कम भएको बताए ।

सोमबार संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै यूरोपले पूर्वतयारीमा लापर्वाही गर्दा अहिले महामारीको सामना गर्नु परेको बताउँदै त्यो अवस्था नेपालमा पनि नआउला भन्न नसकिने बताए । “चीनले कोरोना भाइरससँग लडिरहेको बेला केही यूरोपका केही देशहरु पूर्वतयारीमा लाग्नु छोडेर मिडियाले फैलाएको अफवाहमा रमाए ।

डा. आचार्यले केही दिन पहिले मात्र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई भेटेर १२ बुँदे सुझावसहित ज्ञापनपत्र बुझाएका थिए । उनले ‘कोभिड–१९ कोरोना भाइरसविरुद्ध जनताको संघर्ष’ नारा दिएर आन्तरिक तयारीमा लाग्नुपर्नेमा जोड दिए । डा. आचार्यले सातवटै प्रदेशका राजधानीमा आइसोलेशन वार्ड र कोरोना भाइरस पीसीआर टेष्टको परीक्षण केन्द्र स्थापना गर्नु पर्ने बताए ।

कार्यक्रममा डा. आचार्यले कोरोना भाइरस बढ्दै गएको भन्दै भारतसँग जोडिएका सबै नाका बन्द गर्नुपर्ने कुरामा जोड दिए । त्यसैगरी कम्तिमा ३० दिनको लागि अन्तर्राष्ट्रिय विमानस्थल, मन्दिर, गुम्बा, चर्च, विद्यालय, पार्क साथै संसद पनि एक महिनाको लागि बन्द गर्नुपर्ने सुझाव सरकारलाई दिएको कार्यक्रममा जानकारी दिए ।

प्रतिक्रिया