आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कञ्चनपुर दम्पत्ति हत्या प्रकरण बारे भयाे यस्ताे खुलाशा , पक्राउपछि सार्वजनिक

प्रकाशित
2.9K
SHARES

काठमाडौं। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको दम्पत्ती हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले उनकै छोरालाई पक्राउ गरेको छ ।गत फागुन १५ गते राति घरभित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्यामा संलग्न भएको आशंकामा छोरा भरत भण्डारीलाई डडेल्धुराबाट पक्राउ गरिएको हो ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक रविन्द्र पौडेललका अनुसार पक्राउ परेका भरतले आमाबुबाको हत्या गरेको स्वीकार गरेका छन् ।

बुबा जयलालले जेठी श्रीमतीको स्तन क्यान्सरबाट मृत्यु भएपछि धनासँग दुई वर्ष अघि विवाह गरेका थिए । सल्लहाविनै सौतेनी आमा ल्याएको भन्दै भरतले आमाबुबा दुबैको मृत्यु गरेको बयान दिएका छन् । उनले अंशवण्डा र सम्पतिको भोगचलनको विषयमा झगडा गर्दै आएका थिए । २०७३ सालमा पनि भरतमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको खुलेको छ ।

फागुन १३ गते डडेल्धुराबाट सवारी अनुमति पत्रको ट्रायल परीक्षा दिन महेन्द्रनगर पुगेका भरत अर्को दिन ट्रायलमा फेल भएपछि घर जान्छु भनेर गोदावरी पुगेका थिए । तर, त्यहाँबाट फेरि उनी कलुवापुरस्थित घर गए । सो क्रममा उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ

मादक पदार्थ सेवन गरेर कलुवापुरको घरमा पुगेपछि बुबासँग केही कुरा गरेका भरतको सौतेनी आमा धनासँग कुराकानीको क्रममा विवाद भयो ।भान्सा कोठामा गएको अवस्थामा ढुङ्गा प्रहारबाट धनालाई अचेत बनाएका भरतले आसी (हँसिया)ले घाँटी रेटेर हत्या गरेको थिए ।

त्यसको केही समयमा बुबा जय निदाएको अवस्थामा सोही हँसियाले हत्या गरे । त्यसपछि उनी डडेल्धुरा गएका थिए ।हत्यामा प्रयोग गरेको हतियार र पञ्जा भासुको भिरमा फालेका भरतले हत्याको समयमा लगाएका लुगा डडेल्धुरा घरमा जलाएका थिए ।

भण्डारी दम्पतीको हत्यापछि ७ महिने छोरी टुहुरी भएकी छन् । घरमा बेहोस अवस्थामा भेटिएकी छोरीको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था सुधारोन्मुख रहेको छ ।

प्रतिक्रिया